काठमाडौं- संयुक्त अरब इमिरेट्स (युएई)का लागि नेपाली राजदूतावासले पहिलो दुई हवाई उडानमार्फत् ४ सय १० नेपाली स्वदेश फर्काइने उल्लेख गरेको छ।सोमबार सरकारले सार्वजनिक गरेको तत्काल स्वदेश फर्काउनुपर्ने अवस्थाका नेपालीहरुको देशगत विवरणमा युएईबाट ४ सय १० फर्काइने लेखिएको भए पनि सो संख्या पहिलो उडानमा स्वदेश फर्काउनेको मात्रै रहेको दूतावासले उल्लेख गरेको हो।
दूतावासमा स्वदेश फर्कन चाहने पहिलो चरणका १७ हजार ३ सय ७५ ले फारम भरेका छन्। पछिल्लो समय पनि स्वदेश फर्किनेहरूले आवेदन दिइराखेका छन्।
उनीहरुलाई प्राथमिकताका आधारमा फर्काइने दूतावासले जनाएको छ। त्यहाँबाट पहिलो चरणमा श्रमिकहरु कहिले फर्काउने भन्ने विषयमा भने दूतावासले खुलाएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।