काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद कृष्णभक्त पोखरेलले नेपालको नक्सा सार्वजनिक गर्न भारतको सहमति चाहिने भनी अभिव्यक्ति दिने सांसदलाई कारबाही गर्न माग गरेका छन्। संविधान संशोधनको सामान्य छलफलमा भाग लिँदै उनले समाजवादी दलकी नेता सरिता गिरितर्फ लक्षित गर्दै संविधानको धारा ५(२) अन्तर्गत दण्ड गर्न पनि माग गरे।
प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेपछि बोल्दै पोखरेलले संसदले जानकारी छैन भन्नु गलत भएको बताए।
सरकारले अनुसची ३ को निसाना छापमा नक्सा राख्ने प्रस्ताव ल्याएकाप्रति उनले सरकारको एतिहासिक काम भएको बताए। नेपालको स्वभाविमानमाथि धावा बोल्ने प्रयास गरेपछि त्यो असफल भएको टिप्पणी उनले गरे।
ब्रिटिसको इष्ट इन्डिया कम्पनी शासनकालमा प्रकाशन भएको नक्सा, तिरो, मालपोत र जनगणनाले नेपालको लिम्पियाधुरासम्मको भूभाग नेपालको देखाएकोले भारतले दाबी गर्न नमिल्ने टिप्पणी गरे।
सरकारले जुन नक्सा प्रकाशन गरी निसाना छाप संशोधन गरेको यो ऐतिहासक भएको उनले टिप्पणी गरे। यो सर्वसम्पत्ति रुपमा यो पारित हुने उन उल्लेख गरे।
‘केही सांसदले भारतको पनि सहमति हुनुपर्छ भनेको सुनेको छु, यो थाहा छैन भन्ने अभिव्यक्ति दिएको हो भने नेपाली इतिहासले कसैलाई माफी दिँदैन,’ उनले भने, ‘राष्ट्रहित हुने अभिव्यक्तिमाथि ध्यानाकर्षण हुन जरुरी छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।