काठमाडौं- मंगलबारदेखि संविधान संशोधन विधेयकमाथि छलफल हुने भएको छ। प्रतिनिधिसभाको भोलिको बैठकमा संविधान संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश हुने भएको हो।
सचिवालयले सार्वजनिक गरेको संभावित कार्यसूचीमा कानुनमन्त्री शिवमाया तुम्बाहाम्फेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ लाई सैद्धान्तिक छलफलका लागि पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।