काठमाडौं- न्याय सेवा आयोगले सहसचिवद्वय उदयराज सापकोटा र धनराज ज्ञवालीलाई सचिव पदमा बढुवाका लागि सिफारिस गरेको छ। न्याय सेवातर्फका वरिष्ठ सहसचिवद्वयलाई बढुवाका लागि सिफारिस गरिएको हो।
मन्त्रिपरिषदको बैठकले उनीहरुको बढुवाको निर्णय गर्नेछ।
आयोगले बढुवा हुनेमध्ये सापकोटालाई सत्य निरूपण तथा मेलमिलाप आयोग र ज्ञवालीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पदस्थापनको सिफारिस गरेको छ।
सत्य निरूपणका सचिव ऋषि राजभण्डारीको कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयमा सरुवा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।