काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले चौरजहारी घटनाको छानबिनका गर्न संसदीय समिति गठनमा ढिलाई हुँदा पीडकलाई उन्मुक्ति दिने खतरा बढेको बताएका छन्।
चौरजहारी घटनाको विरोधमा कांग्रेस निकट दलित विद्यार्थी संघले काठमाडौंमा गरेको कार्यक्रममा राज्य पक्षबाट पीडकलाई संरक्षण गर्ने प्रवृत्ति बढेको बताए। उनले भने, ‘पिडितलाई न्याय दिलाउन कांग्रेसले सदन र सडक दुवै ठाउँबाट दबाब दिनुपर्छ।’
निकट नेपाल दलित विद्यार्थी संघले पश्चिम रूकुमको चौरजहारी घटनाको छानबिनका लागि संसदीय समिति गठनमा ढिलाइ भएको भन्दै विरोध प्रदर्शन गरेको छ। सभामुखले संसदीय समिति गठन गर्ने बताए छानबिन समिति गठनमा ढिलाइ हुनुले घटनालाई लुकाउने खतराको आशंका गरे।
पीडितको न्यायका लागि मानवअधिकारकर्मी, राजनीतिक दलले दबाब बढाउनुपर्ने नेता पौडेलले बताए। जेठ १० मा पश्चिम रुकुम चौरजहारीमा भएको घटनामा ६ जनाको ज्यान गएको थियो। दलित युवाले प्रेमिकालाई लिन जाँदा स्थानीयले युवाको टोलीमाथि आक्रमण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।