काठमाडौं- महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले आफू मातहतको मन्त्रालयलाई बजेट कम विनियोजन भएको गुनासो गरेका छन्।
विनियोजन विधेयक माथि उठेका प्रश्नको संसदमा जवाफ दिने क्रममा मन्त्री गुरुङले बजेटले कार्यक्रम निर्धारण गर्ने विगतको परम्परा तोड्ने बताए। बजेटबाट सन्तुष्ट नभए पनि कार्यनीतिबाट सन्तुष्ट बनाउने प्रतिवद्धता जनाए।
सामाजिक क्षेत्रमा विशेष ध्यान दिनुपर्ने ज्ञान कोभिड १९ ले समेत देखाएको उल्लेख गर्दै मन्त्री गुरुङले कुरिती र अविश्वास अन्त्य नभएसम्म समृद्धि नआउने बताए।
महिलालाई उद्यमी बनाउन राष्ट्रपति महिला उत्थान कार्यक्रमले गरिखाने महिला बनाउने बताए। कोभिड १९ ले सडक बालबालिका पुनः बढ्न सक्ने आशंका व्यक्त गरे।
अनुभवको पुस्तान्तरणका लागि स्थानीय तहमा जेष्ठ नागरिकको अनुभव सुन्नका लागि ‘अनुभव हस्तान्तरण केन्द्र’ बनाउने प्रतिवद्धता जनाए। अल्पसंख्यक समुदायको उत्थानका लागि बजेट अभाव रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।