काठमाडौं– कानुन, न्याय तथा संसदीय मन्त्री शिवमाया तुम्बाहाङ्फेले महिलाको समान सहभागिताभन्दा पनि क्षमतालाई ध्यान दिइएको बताइएकी छन्।
संसद सदस्यले उठाएको प्रश्नमा प्रतिनिधिसभामा जवाफ दिदैं मन्त्री तुम्बाहाङ्फेले महिलाको हकको कुरा गर्दा कर्तव्य पनि बुझ्नुपर्ने बताइन्। उनले भनिन्, ‘महिलाको क्षमता पनि वृद्धि हुनुपर्छ। कानुनको कार्यान्वयन नभएको यथार्थ हो।’
संविधानमा उल्लेखित महिलाको सहभागिता अनुरुपको अधिकार कार्यान्वयनमा चुकेको उनले स्विकारिन्।
नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले द्वन्द्वकालीन आयोगमा बजेट अभाव रहेको जवाफमा मन्त्री तुम्बाहाङ्फेले आयोगलाई बजेट अभाव हुन नदिने प्रतिवद्धता जनाइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।