फाइल फोटो
काठमाडौं- राप्रपा अध्यक्ष कमल थापाले डा बाबुराम भट्टराईको वरियता र राजनीतिक उचाई निर्वाचन आयोगमा पेश भएको कागजले नगर्ने बताएका छन्।
जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने क्रममा डा भट्टराईको वरियता तल परेको भन्दै उनमाथि सामाजिक सञ्जालमा व्यंग्य चलिरहँदा उनकै सहपाठी थापाले भने बचाउ गरेका हुन्। ‘लामो राजनीतिक यात्रा/संघर्षले समाजमा उहाँको स्थान कायम भइसकेको छ। एकता गर्दा नाम तल राख्न मानेर बरु उहाँको उचाई अझै बढेको देखिन्छ’, थापाले ट्विटरमा लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।