• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस २३, २०८२ Wed, Jan 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

कम जोखिम भएका विमानस्थलमा असार १७ बाट आन्तरिक उडान खुलाउने तयारी

64x64
नेपाल लाइभ आइतबार, जेठ २५, २०७७  १८:३१
1140x725

काठमाडौं- लकडाउनसँगै बन्द भएको आन्तरिक उडान असार १७ गतेबाट खुलाउने तयारी भएको छ। कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले समेत आन्तरिक उडान खुलाउने विषयमा तयारी गरेसँगै नागरिक उड्डयन प्राधिकरणले पनि आन्तरिक उडान खुलाउने तयारी थालेका हो।

आइतबारबाटै टिक बुकिङ खुलाउने र १७ बाट आन्तरिक उडान सुरु गर्ने तयारी सरकारको छ। कोरोनाको हटस्पट क्षेत्रमा रहेका विमानस्थलको हकमा भने तत्काल कुनै निर्णय नभएको प्राधिकरण स्रोत बताउँछ। प्राधिकरणका एक सदस्यका अनुसार पहिलो चरणमा कम जोखिम भएको विमानस्थलको हकमा केही दिन टिकट बुकिङको समय  दिने र असार १७ गतेबाट आन्तरिक उडान खुला गर्ने सहमति भएको हो।

पूर्ण रुपमा आन्तरिक उडान खुला गर्ने विषयमा भने तयारी गर्दै जाने सहमति भएको ती सदस्यले जानकारी दिए। तर, प्राधिकरण महानिर्देशक राजन पोखरेलले भने व्यवसायीसँगको छलफलमा यही मितिबाट उडान खाल्ने कुरामा निर्णय नभएपनि कसरी सुरक्षति गर्दै उडान सुरु गर्ने भन्ने विषयमा छलफल भएको स्वीकार गरे।

‘सरकारले हवाई उडान खुुल्ला गर्ने निर्णपछि मात्रै मिति तय हुन्छ,’ पोखरेलले भने, ‘वायुसेवा कम्पनीहरु भने १७ असारदेखि सेवा सुरु गर्न सहमत भएका छन्।’

वायुसेवा कम्पनी, यात्रु तथा विमानस्थल कार्यालयमा खटिने कर्मचारीले सुरक्षा निर्देशिका पालना गर्दै सामाजिक दुरी समेत काम गराउने गरी उडान गर्ने तयारी भएको हो। आन्तरिक उडानका लागि आवश्यक सबै सुरुक्षा व्यवस्थित गरेर उडान सुचारु गर्ने विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले निजी हवाई सेवा प्रदायकसँग छलफल गरेको छ।

Ncell 2
Ncell 2

प्राधिकरण महानिर्देशक पोखरेलले बुद्ध एयरका संचालक वीरेन्द्रबहादुर बस्नेत, श्री एयरका संचालक सुधीर मित्तल र यती एयरका सिइओ उमेश राईबीच आन्तरिक उडान खुला गर्ने विषयमा छलफल गरेका हुन्।

केही दिन अगाडि मात्रै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक र बाह्य उडान दुवैलाई लक्षित गर्दै कोभिड विशेष सुरक्षा निर्देशिका कार्यान्वयनमा ल्याएको थियो। सुरक्षा निर्देशिकमा प्राधिकरणले हवाई यात्राका क्रममा टिकट र बोर्डिङ पास मात्र लिएर गर्नुपर्ने, यात्रुले कोभिड-१९ को स्वघोषणा पत्र भर्नुपर्ने उल्लेख गरेको थियो।

यसैगरी यात्रुले कोभिड जाँच गरे–नगरेको, स्वास्थ्य समस्या भए–नभएको उल्लेख गरेर फर्म भर्नु पर्ने निर्देशिका उल्लेख छ। यसैगरी घोषणापत्रमा झुठो विवरण राखेर हवाई यात्रा गरे कानुनी कारबाही भोग्नुपर्ने गरी सुरक्षा निर्देशिका प्राधिकरणले जारी गरेको थियो।

अन्तर्राष्ट्रिय हवाई यात्रुले भने आफ्नो ट्राभल हिस्ट्रीसमेत खुल्ने गरी विवरण भर्नुपर्ने निर्देशिकामा उल्लेख छ। यसैगरी जहाज चढ्ने बेला रुँघाखोकी लागेको, १००.४ फरेनहाइट भन्दा बढी तापक्रम भएको, सास फेर्न कठिन हुने समस्या भएको र स्वाद र गन्ध थाहा नपाउनेजस्ता कोभिड-१९ सँग मिल्दोजुल्दो लक्षणदेखिएमा हवाइ यात्रा गर्न नपाउने निर्देशिकमा उल्लेख छ।

७० वर्षभन्दा माथि, गर्भवती र गम्भीर स्वास्थ्य समस्याबाट गुज्रिरहेका व्यक्तिले समेत सम्भव भएसम्म हवाई यात्रा नगर्न प्राधिकरणले निर्देशिकामार्फत सुझाएको छ।

यसैगरी यात्रा अवधिमा मास्क अनिवार्य रहने प्राधिकरणको निर्देशिकामा उल्लेख छ। साथै आन्तरिक उडानतर्फ इनफ्लाइट क्याटरिङ बन्द गर्ने, सम्भव भएसम्म ट्रली प्रयोग नगर्ने र अतिरिक्त सहायता आवश्यक पर्ने यात्रुले मात्र यसको प्रयोग गर्नुपर्ने प्राधिकरणको सुरक्षा निर्देशिकामा समावेश गरेको छ। चैत ११ गतेबाट लकडाउन सुरुभएसँगै आन्तरिक उडान बन्द गरिएको थियो।

प्रकाशित मिति: आइतबार, जेठ २५, २०७७  १८:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रियसभा निर्वाचन : कोशीबाट सुनिल थापा निर्विरोध
कांग्रेसको विशेष महाधिवेशन आह्वान
चुनाव उठ्नेबारे कुनै निर्णय गरेको छैन : सञ्चारमन्त्री खरेल
सम्बन्धित सामग्री
बुद्ध एयरको जहाज चरासँग ठोकियो उडान संख्या ६१७, जहाज ९ एन–एओसीका सबै यात्रु र चालक दल सुरक्षित रहेका छन्। शनिबार, मंसिर १३, २०८२
मनाङमा विदेशी पर्यटकको आकर्षण बढ्दै, चार महिनामा १६ हजार पर्यटकले गरे भ्रमण अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयका प्रमुख ढकबहादुर भुजेलका अनुसार उक्त अवधिमा १०७ देशका नागरिकले मना... शनिबार, मंसिर १३, २०८२
पर्यटन प्रवर्द्धन गर्न जोड्न पोखरामा दाइँ महोत्सव पोखरा पर्यटन परिषद्ले स्थानीय चुरुङ्गा टोल विकास विकास संस्थासँगको सहकार्य एवं पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनम... शुक्रबार, मंसिर १२, २०८२
ताजा समाचारसबै
राष्ट्रियसभा निर्वाचन : कोशीबाट सुनिल थापा निर्विरोध बुधबार, पुस २३, २०८२
कांग्रेसको विशेष महाधिवेशन आह्वान बुधबार, पुस २३, २०८२
चुनाव उठ्नेबारे कुनै निर्णय गरेको छैन : सञ्चारमन्त्री खरेल बुधबार, पुस २३, २०८२
सुनसरी-१ बाट उम्मेदवारी दिने हर्क साम्पाङको घोषणा बुधबार, पुस २३, २०८२
नेकपाले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार (सूचीसहित) बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
सुनको मूल्य तोलामा ३१०० रुपैयाँ बढ्यो मंगलबार, पुस २२, २०८२
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा मंगलबार, पुस २२, २०८२
नेकपाले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार (सूचीसहित) बुधबार, पुस २३, २०८२
एमालेले टुंग्यायो राष्ट्रियसभाका उम्मेदवार बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
गगन-विश्वले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन पक्षका शीर्ष नेता छलफलमा शुक्रबार, पुस १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्