काठमाडौं – गायिका टीका पुन रोपाइँ गीत लिएर स्रोतामाझ आएकी छिन्। गाउँघरमा रोपाइँ चलिरहेका बेला संस्कृति सम्झाउने गरी उक्त गीत लिएर आएकी हुन्। बुहार्तनको समयमा एक बुहारीले खेतबारीको काम गरिरहँदा गीत मार्फत् पोख्ने बह ‘निष्ठुरी बचन’मा उनिएको छ।
उक्त गीतमा लोक संगीतमा लोकप्रिय गायक तथा संगीतकार नारायण रायमाझीको शब्द र लय छ। तेजेन्द्र गुरुङको एरेन्ज रहेको गीतको मिक्सिङ श्यामेश्वेत रसाइलीले गरेका हुन्।
गीतको म्युजिक भिडियोका छायांकन र सम्पादन मिराज अर्यालले गरेका हुन्। गायिका पुन र संगीतकार रायमाझीका साथै कलाकारहरु उदिराम खड्का, विर्मा खड्का, बिवेक खड्का, मनोज खड्का, शान्ति भट्ट र सरिता माया श्रेष्ठले अनिभनय गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।