काठमाडौं- कोरोना भाइरस (कोभिड १९) का कारण रोकिएको इंग्लिस प्रिमियर लिग फुटबल सुरु हुने मिति तय भएसँगै खेलाडी र पदाधिकारीको स्वास्थ्य परीक्षण भइरहेको छ।
यसअघि विभिन्न चरणको जाँचमा १३ जनामा कोरोना संक्रमण देखिएको भए पनि पछिल्लो चरणमा १ हजार १ सय ९५ जनाको परीक्षण गर्दा संक्रमण देखिएको छैन। टिमहरुको सामूहिक अभ्यास सुरु भए्पछि हरेक हप्ता दुई पटक परीक्षण भइरहेको हो।
कोरोना भाइरस (कोभिड १९) का कारण मार्च १३ तारेखदेखि रोकिएको प्रिमियर लिग खेलहरु जुन १७ देखि सुरु हुने तय छ। जसमा पहिलो खेल एस्टन भिला र सेफिल्ड युनाइटेडबीच हुनेछ। त्यही दिन म्यानचेस्टर सिटी र आर्सनलले पनि खेल्नेछन्।
लिभरपुलले उपाधि जित्ने लगभग पक्का भएको लिगमा अब ९२ खेलहरु बाँकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।