काठमाडौं- ट्रिनिडाड एण्ड टोबागोले २०२० को अगस्ट १९ देखि सेप्टेम्बर २६ सम्म क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी ट्वान्टी क्रिकेट प्रतियोगिता गर्न दिन खुला रहेको जनाएको छ। २०२० मा हुने तय रहेको सिपिएलको आठौँ संस्करण हो।
ट्रिनिडाड एण्ड टोबागोका खेलकुद मन्त्रीले भने अवस्थाको आँकलन गरेर अन्तिम निर्णय स्वास्थ्य मन्त्रालयले गर्ने जनाएका छन्। सिपिएलले आफूहरुले स्वास्थ्य सुरक्षाका सबै उपायहरु अपनायर प्रतियोगिता आयोजना गर्ने जनाइरहेको छ।
गएको हप्ता सिपिएलले पुरै प्रतियोगिताका ३४ खेलहरु ट्रिनिडाडका दुई मैदानमा गर्ने गरी लिखित प्रस्ताव गरेको थियो। ६ टिम सहभागी प्रतियोगिता विभिन्न ६ वटा मैदानमा हुने तय थियो। तर अहिले अवस्था हेरेर दुई मैदानमा मात्र गर्न लागिएको हो। जसमा प्रतियोगिता २५ दिनमा सकाउने योजना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।