काठमाडौं- जर्मन बुन्डेस लिगाको उपाधि लगातार आठौँ पटक जित्न बायर्न म्युनिकका लागि अब चार खेलमा दुई खेलमा जित आवश्यक भएको छ। शनिबार राति बायर लिभरकुसनलाई ४-२ ले हराएसँगै बायर्न उपाधिनजिक पुगेको हो।
खेलको नवौँ मिनेटमा एलारियोको गोलबाट अग्रता बनाएको लिभरकुसनले त्यसपछि पहिलो हाफमा नै तीन गोल खायो। बायर्नका लागि कोमनले २७औँ मिनेटमा, गोर्टेज्काले ४२औँ र ग्यानबेरीले ४५ औँ मिनेटमा गोल गरे। दोस्रो हाफमा दुवै टिमबाट थप एक–एक गोल भयो। बायर्नका लागि लेवान्डोस्कीले ६६औँ मिनेटमा र लिभरकुसनका लागि विट्जले ८९औँ मिनेटमा गोल गरेका थिए।
बायर्न म्युनिकको ३० खेलमा ७० अंक भएको छ। दोस्रोमा रहेको बोरुसिया डोर्टमुन्डको ३० खेलमा ६३ अंक छ।
कोरोना भाइरस (कोभिड १९) का कारण रोकिएका युरोपका ठूला लिगहरुमा जर्मनीमा नै सबैभन्दा पहिले लिग सुरु भएको हो। बन्द रंगशालामा खेलिएका खेलमा दर्शकको उपस्थिति बर्जित छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।