काठमाडौं- बजेटले संकटको पर्यटन क्षेत्रलाई सम्बोधन गर्न नसकेको आरोप सांसदहरुले लगाएका छन्। आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा संकटमा रहेको पर्यटन क्षेत्रलाई आउनुपर्ने राहत प्याकेज आउन नसकेको नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले आरोप लगाएका छन्।
उनले लाखौंको रोजगारी गुमेको र अर्बौंको व्यवसाय कटमा परेको बेलाको बजेटले सम्बोधन नगर्नु दुर्भाग्यपूर्ण भएको बताए। ‘प्रत्यक्ष र अप्रत्यक्ष १० लाखभन्दा बढीको रोजगारी गुमेको, खर्बौंको आम्दानी गुमेको छ, सम्बोधन भएन,’ सांसद गौतमले भने।
यता पर्यटनको पूर्वाधारको विषयमा पनि सो क्षेत्रलाई नसमेटिएको आरोप लगाए। आवश्यक नपर्ने काभ्रेमा किन विमानस्थल चाहियो? भन्दै सांसद गौतमले प्रश्न समेत गरेका छन्। यता पदमार्ग विकासका नाममा ध्वस्त बनाउने काम भइरहेको भन्दै पर्यटनको मुख्य क्षेत्र संरक्षणमा लाग्न समेत उनले पर्यटन मन्त्रीलाई आग्रह गरेका छन्।
बजेटमा बफर जोनका क्षेत्रमा पीडित स्थानीयहरुको विषयमा समेत सम्बोधन नभएको बताउँदै उनले वर्षेनी जनता मर्नु परेकाले निःशुल्क जिवन बिमा गर्नुपर्ने समेत माग गरेका छन्। सांसद गाैतमले बजेट वस्तुपरक नभएकाे र चालू खर्च गर्नका केन्द्रित रहेकाे समेत आराेप लगाएका छन्। कृषिमा समेत ठाेस कार्यक्रम नआएकाले अर्थतन्त्रमा संकट आउन सक्ने चेतावनी समेत दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।