• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन ९, २०८२ Sat, Feb 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

जिउँदोमा आरडिटी, मरेपछि पिसिआर!

64x64
डिबी खड्का शनिबार, जेठ २४, २०७७  १९:३७
1140x725
प्रतीकात्मक तस्बिर

काठमाडौं- सुर्खेत पञ्चपुरीका २० वर्षीय युवाको बिहीबार कोभिड १९ का कारण मृत्यु भयो। यहाँनेर पनि सरकारभन्दा कोरोना दुई कदम अघि देखियो। उनलाई कोरोना भाइरसको संक्रमण रहेको पुष्टि मृत्युपश्चात् भयो। 

आफू सम्भावित कोरोना संक्रमित रहेको भन्दै सरकारको शरणमा पुगिसकेका युवाको यो मरण एउटा दुःखद् नियति होइन। सरकारले गरिरहेको लापरबाहीको परिणाम हो। किनभने उनी जेठ ८ गतेदेखि सुर्खेतस्थित जनता माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा बसेका थिए। 

उनीमाथि पनि सरकारले त्यही गर्‍यो, जुन विश्व स्वास्थ्य संगठनदेखि स्वास्थ्य मन्त्रालयअन्तर्गतको मात्रै होइन, मन्त्रालयसँगै रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले समेत ‘नगर’ भनेको छ। उनको आरडिटी परीक्षण गरेर नेगेटिभ देखिएपछि घर पठाइयो र घर पठाएको भोलिपल्ट उनको मृत्यु भयो। मृत्युपछि गरिएको कोरोना परीक्षणमा पोजेटिभ देखियो।

यसैगरी जेठ २० गते होम क्वारेन्टाइनमा मृत्यु भएका डोल्पाका एक पुरुषको पनि मृत्युपश्चात् पिसिआर परीक्षणबाट कोरोना पोजेटिभ पाइएको छ। मृत्युअघि उनमा गरिएको आरडिटी परीक्षण नेगेटिभ आएको थियो। 

आरडिटीको गलत रिपोर्टका कारण आफूमा कोरोना संक्रमण रहेको जानकारी समेत नपाई यी दुईले हालसालै ज्यान गुमाए। जसको पूरापूर दोषी सरकार छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय छ। 

‘आरडिटी परीक्षण नगर, त्यसको भर नपर’ भनेर विज्ञले सुरुदेखि नै सुझाइरहेका छन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषदले कोरोना भाइरसको संक्रमण पत्ता लगाउनका लागि आरडिटी प्रयोग गर्न नमिल्ने तथ्यसहितको रिपोर्ट स्वास्थ्य मन्त्रालयलाई बुझाएको छ। तर, मन्त्रालयले उक्त रिपोर्ट लुकाएको छ। परिषद्लाई समेत सार्वजनिक नगर्न भनेको छ। 

उक्त अनुसन्धानमा संलग्न परिषद्का एक कर्मचारीका अनुसार आरडिटीले एक सय संक्रमितको जाँच गर्दा ५० जनामा मात्रै कोरोना भाइरस देखाउने गरेको भेटिएको छ। बाँकी ५० जना संक्रमितलाई नेगेटिभ देखाउँदा समस्या निम्तिनेतर्फ सचेत गराएको छ।  मन्त्रालयलाई आरडिटी प्रयोग नगर्न सुझाएको छ।
परिषद्ले १ सय ९६ जना नेगेटिभ र ४ जना पोजेटिभ गरी २ सय केसमाथि अनुसन्धान गरेको थियो। १ सय ९६ जनालाई आरटी पिसिआर र आरडिटी दुवैमा कोरोना नेगेटिभ देखियो। तर, पिसिआरले पोजेटिभ देखाएका ४ केसमा भने आरडिटीले २ केसमात्रै पोजेटिभ देखाउन सक्यो। जसको अनुसन्धानकर्ताले अर्थ लगाएका छन्- ५० प्रतिशत मात्रै सही रिपोर्ट दिने रहेछ! 

रिपोर्ट ५० प्रतिशतको सही होला तर मानव जीवनका लागि हुने परीक्षण भएकाले एक केसमात्रै गलत देखिनुलाई पनि गम्भीर रुपमा लिनुपर्छ। किनभने गलत परीक्षणका कारण कि सुर्खेतको युवाजस्तै ज्यान गुमाउन अभिशप्त हुनुपर्छ, कि एकैजनाले समाजमा महामारी फैलाउन सक्छ।

Ncell 2
Ncell 2

सरकारले ओम्नी समूहसँग ७५ हजार आरडिटी किट खरिद गर्दा विवाद भएपछि  प्रभावकारिता जाँच गर्न परिषद्लाई निर्देशन गरेको थियो। परिषद्ले प्रभावकारी नभएको नतिजा मन्त्रालयलाई दिएको छ। मन्त्रालये अपेक्षा गरेभन्दा फरक रिपोर्ट पाएपछि त्यसलाई सार्वजनिक गरिएको छैन। 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का ती कर्मचारी आरडिटी किट अध्ययन र अनुसन्धानका प्रयोग गर्न मिल्ने भएपनि कोरोना भाइरस निदानका लागि भने प्रयोग गर्न नमिल्ने देखिएको बताउँछन्। उनले भने, ‘सरकारको नुन खाएका कारण रिपोर्ट सार्वजनिक नगर्न भनिएकाले सबै बताउन सकिँदैन। तर, हामीले आरडिटी प्रभावहीन भएको रिपोर्ट मन्त्रालयमा बुझाएका छौं।’

अविश्वासी आरडिटीका कारण गलत रिपोर्टबाट उपचार नपाई मृत्युवरण गर्ने सुर्खेतका युवा पहिलो हुन्। तर, यसबाट दुःख पाउने अरु पनि धेरै छन्। धेरैले कोरोना नहुँदै पोजेटिभ देखिएर मानसिक तनाव झेलेका छन्। 

आफूअन्तर्गतकै निकायले दिएको सुझाव समेत लत्याउँदै सरकारले आरडिटी परीक्षणलाई निरन्तरतामात्रै दिएको छैन, क्वारेन्टाइनमा कोभिड १९ लक्षण नेदेखिएकाहरूमा पिसिआर नगर्ने नीति लिएको छ। ‘नेशनल टेस्टिङ गाइडलाइन कोभिड १९’ बनाउँदै यस्तो नीति लिइएको हो। जबकी लक्षण नभएका र आरडिटी नेगेटिभ आएका युवाको मृत्यु भएको ताजा उदाहरण स्वास्थ्य मन्त्रालय आफैंले प्रस्तुत गरिरहेको छ। 

क्वारेन्टाइनमा बसेकाहरू स्वास्थ्यकर्मीको नियमित निगरानीमा रहनुपर्ने र उनीहरूको अनिवार्य रुपमा पिसिआर परीक्षण गर्नुपर्ने विज्ञहरुको सुझाव छ। कोरोना जितेका देशहरुको अनुभवले पनि यसैलाई जोड दिन्छ। 

विज्ञहरुले ‘पिसिआर गर्नैपर्ने’ बताएका छन्। आरडिटीमात्रै गरेर घर पठाउँदा झन् जोखिम बढ्ने उनीहरुले देखेका छन्। सरुवा रोग विशेषज्ञ डा अनुप सुवेदीले मन्त्रालयबाट जारी भएको उक्त गाइडलाइन अवैज्ञानिक रहेको प्रतिक्रिया दिएका छन्। आरडिटीका विषयमा उनको धारणा छ, ‘सय जजना संक्रमितमा परीक्षण गरियो भने ५० जना वा कुनैले ३० जनामा मात्रै संक्रमित देखाउने भनिएको छ।’

सरकारले मात्रै होइन, निजी स्वास्थ्य संस्थाले समेत आरडिटी परीक्षण गरिरहेका छन्। आरडिटीको नतिजामाथि अविश्वास हुँदाहुँदै फेरि मन्त्रालयले आरडिटी किट खरिदको प्रक्रिया अघि बढाएको बुझिएको छ। कम्तिमा  दुई लाख आरडिटी किट खरिद गरेर परीक्षणको तयारी गरिएको स्वास्थ्य मन्त्रालयका एक अधिकारी बताउँछन्।

सरकारले धेरै टेस्ट देखाउन आरडिटीमा जोड दिएपनि त्रिभुवन विश्वविद्यालय, माइक्रोबायोलोजी विभागका प्रमुख डा मेघराज बञ्जारा आरडिटीबाट परीक्षण गर्नुको औचित्य नभएको बताउँछन्। उनी भन्छन्,  ‘विश्व स्वास्थ्य संग्ठन र सिडिसीले अनुमति दिएको छैन। धेरै गलत नतिजा देखाउने आरडिटीबाट परीक्षण गर्नु र नगर्नुमा कुनै फरक छैन।’

यसअघि नेपाल क्लिनिकल माइक्रोबायोलोजिस्ट संघ (एनएसिएम)ले कोरोना पहिचानका लागि गर्ने गरिएको आरडिटी परीक्षण विधि भरपर्दो नभएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्रयोग नगर्न सुझाव दिइसकेको छ। 

संघले स्पष्ट रुपमा क्वारेन्टाइनमा राखिएको ५ देखि १० दिनभित्र पिसिआर नै परीक्षण गर्नुपर्ने बताएको छ। 

उसले मन्त्रालयलाई दिएको सुझाव भनिएको छ, ‘क्लिनिकल डाइग्नोसिसका लागि आरडिटी परीक्षण बिरामीको पहिचान गर्नका लागि भरपर्दोे छैन। त्यसैले गम्भीर प्रकारका बिरामी र कोभिड–१९ का आशंका गरिएका बिरामीलाई यसबाट परीक्षण गर्न सुझाव दिइएको छैन।’ 

विज्ञहरु आरडिटीबाट गरिने परीक्षण निरन्तर सचेत गराए पनि स्वास्थ्य मन्त्रालयले सुनेको छैन। जनस्वास्थ्यमाथि खेलबाड त गरिरहेको छ नै, राज्यको करोडौं रुपैयाँ समेत खर्च गरिरहेको छ।

मन्त्रालयले हालसम्म तीन चरण गरेर २ लाख ९६ आरडिटी किट खरिद गर्दा राज्यको झन्डै २० करोड खर्च भइसकेको छ। जसमध्ये पहिलो ओम्नी समूहसँग ७५ हजार किट खरिद गरेको थियो। जसको मूल्य झण्डै ७ करोड रुपैयाँ थियो। त्यसपछि २ लाख २१ हजार थान किट ५ सय ६५ रुपैयाँका दरले किनिएको थियो। जसको मूल्य १२ करोड ४८ लाअ ६५ हजार हुन आउँछ। 

पिसिआर परीक्षण कसरी बढाउने? सरकारसँग कुनै योजना छैन। निजी स्वास्थ्य संस्थासँग रहेको पिसिआर प्रयोग कसरी गर्ने? स्वास्थ्य मन्त्रालयले यसतर्फ चासो दिएको छैन। भरपर्दो परीक्षण प्रणालीलाई बढाउनुभन्दा अविश्वासी आरडिटीमा मन्त्रालयले किन जोड दिइरहेको छ? कडा स्वरमा प्रश्न गर्ने समय भएको छ, विश्वले र नेपालकै विज्ञले अविश्वास गरेको आरडिटीमा जोड दिइरहने सरकारलाई चाहिँ जनताले किन विश्वास गर्ने?

प्रकाशित मिति: शनिबार, जेठ २४, २०७७  १९:३७
  • #rdt
  • #Pcr

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
निर्वाचनमा सुरक्षाका लागि तराईको अवस्था बुझ्न एआईजी चतुर्वेदीलाई खटाइयो शनिबार, फागुन ९, २०८२
पूर्वराजाको सन्देशमा प्रचण्डको टिप्पणी: जनताबाट फ्याँकिएकाले चुनाव नहुने भ्रम फैलाइरहेछन् शनिबार, फागुन ९, २०८२
हुम्ला पुग्यो निर्वाचन सामाग्री शनिबार, फागुन ९, २०८२
धनकुटाबाट तीनजना बेवारिसे व्यक्तिको उद्धार शनिबार, फागुन ९, २०८२
रास्वपाले चुनाव नजित्ने देखेपछि अराजक गतिविधि गर्न थाल्यो : ओली शनिबार, फागुन ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमालेको झण्डा जलाउने रास्वपाका कार्यकर्ता पक्राउ शुक्रबार, फागुन ८, २०८२
रास्वपाले चुनाव भाँड्न खोजेको भन्दै बलजफ्ती निर्वाचन नगराउन ओलीको चेतावनी शनिबार, फागुन ९, २०८२
एमालेको झण्डा जलाउने रास्वपा कार्यकर्तालाई कारबाही नभए प्रतिवादमा उत्रिने भोलिन्टियर फोर्सको चेतावनी शुक्रबार, फागुन ८, २०८२
दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउन आदेश शुक्रबार, फागुन ८, २०८२
सुनसरीमा कांग्रेस-रास्वपा कार्यकर्ताबीच झडप, प्रहरीद्वारा लाठीचार्ज शनिबार, फागुन ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
एमालेको झण्डा जलाउने रास्वपाका कार्यकर्ता पक्राउ शुक्रबार, फागुन ८, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
रास्वपाले चुनाव भाँड्न खोजेको भन्दै बलजफ्ती निर्वाचन नगराउन ओलीको चेतावनी शनिबार, फागुन ९, २०८२
एमालेको झण्डा जलाउने रास्वपा कार्यकर्तालाई कारबाही नभए प्रतिवादमा उत्रिने भोलिन्टियर फोर्सको चेतावनी शुक्रबार, फागुन ८, २०८२
चाप्लुसीवाद माैलाएको भन्दै संस्थापक सदस्य उर्मिला भुर्तेलले पनि त्यागिन् रास्वपा बुधबार, फागुन ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्