• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

२० 'रिफ्रेन्स'सहित क्लिनिकल माइक्रोबायोलोजिस्टहरूको सुझाव- आरडिटी भरपर्दो छैन

64x64
नेपाल लाइभ सोमबार, जेठ १२, २०७७  १८:५०
1140x725

काठमाडौं- अपर्याप्त संशाधनका बावजुद नेपालले कोभिड-१९ लाई नियन्त्रण गर्न खोजिरहेको छ। सरकारी क्षेत्रमा नयाँ पिसिआर परीक्षणका सुविधाको व्यवस्था गरिएको छ। बढ्दो संक्रमणका कारण नेपालमा यतिले मात्र पर्याप्त भने हुँदैन।

सरकारले केही दिनअघिमात्रै देशका निजी क्षेत्रहरूलाई र्‍यापिड डायग्नोस्टिक टेस्ट र पिसिआर गर्ने अनुमति दिएको छ। सरकारको यो निर्णय धेरै नै स्वागतयोग्य छ किनकी यसले परीक्षणको क्षमता अझ धेरै बढाउँछ र परीक्षण गर्ने सरकारी प्रयोगशालाको बोझलाई केही भएपनि हल गर्न मद्दत पुर्‍याउँछ।

तर आरडिटी प्रयोगका लागि एपिडेमियोलोजी एन्ड डिजिज् कन्ट्रोल डिभिजन (इडिसिडी)द्वारा निर्धारण गरिएको गाइडलाइनमा अहिलेको अवस्थामा पूर्णरूपमा भरपर्ने स्थिति छैन।

कोभिड-१९ परीक्षणको अद्यावधिक मापदण्डमा नेपाल क्लिनिकल माइक्रोबायोलोजिस्ट संघ (एनएसिएम) ले निम्नलिखित गाइडलाइनमा परिवर्तन गर्नुपर्ने सुझाव दिएको छ:

पृष्ठभूमिः
कोभिड-१९ को वभिन्न प्रकारका एन्टिजन र एन्टिबडी डिटेक्सन किट पहिलेदेखि नै बजारमा उपलब्ध छन्। उपचार पद्धतिको बारेमा भने सार्वजनिक भएका विभिन्न आँकडाहरू फरक फरक छन्‚ केही अपवादलाई छोडेर। ती सार्वजनिक आँकडाहरू सीमित र आफ्नै आधारमा गरिएका छन्।

यसमा विश्व स्वास्थ्य संगठनका केही सुझावहरू यस्ता छन्:

  • कोभिड-१९ संक्रमित व्यक्तिको पहिचानका लागि स्वासप्रश्वास प्रणालीको नमूना परीक्षणका लागि न्युक्लिक एसिड एम्प्लिफिकेसन टेस्टिङ (एनएएटी) लागू गर्नुपर्ने। 
  • यसमा एनएएटी गर्नका लागि निम्न अवस्थाहरूमा गर्न सकिन्छ - बिरामीको पहिचान गरेर बिरामीलाई क्लिनिकल उपचार विधी अपनाएर उपचार गर्ने र अन्य समूहको अन्वेषण गर्ने (परीक्षण र आइसोलेट गर्ने) र निको भइसकेपछि शरीरबाट भाइरस पूर्णरूपमा हटिसकेको छ भन्ने कुराको पुष्टि गर्नु महत्वपूर्ण हुन्छ।
  • क्लिनिकल डाइग्नोसिसका लागि आरडिटी परीक्षण बिरामीको पहिचान गर्नका लागि भरपर्दो छैन। त्यसैले गम्भीर प्रकारका बिरामी र कोभिड-१९ का आशंका गरिएका बिरामीलाई यसबाट परीक्षण गर्न सुझाव दिइएको छैन। यसबाट गरिएका कतिपय परीक्षणका नतिजा अझै अनुसन्धानकै क्रममा छन्।
  • आरडिटीलगायतका अन्य एन्टिबडी डिटेक्सन टेस्ट अझै पनि खोजकर्ताहरूको निगरानीकै क्रममा छन्। एकपटक निको भइसकेको व्यक्तिमा पनि पछि कोरोना संक्रमण देखिने हुनसक्छ। त्यसैले अरू डेटाहरू उपलब्ध नहुन्जेल विश्व स्वास्थ्य संगठनले पुनः संक्रमित हुने संभावना छैन भनेर कसैलाई पनि नभन्न आग्रह गरेको छ। डब्लूएचओले यस्ता केसका लागि सेरोलोजी परीक्षण गर्ने सुझाव दिएको छैन।

सार्स-कोभ-२ एन्टिबडी डिटेक्सनका लागि आरडिटी प्रयोग गर्दै गर्दा यी कुराहरूमा भने ध्यान दिनुपर्छ:
१. एन्टिबडी रेस्पोन्सको क्षमता उमेर‚ पोषणको स्थिति‚ रोगको गाम्भीर्यता‚ रोग प्रतिरोधात्मक स्थिति‚ प्रयोग गरिरहेको औषधी‚ रोग आदिमा निर्भर हुन्छ।

२. पिसिआर पोजेटिभ देखिएकाहरू केहीमा कमजोर एन्टिबडी रेस्पोन्स हुन सक्छ।

Ncell 2
Ncell 2
nimb
nimb

३. संक्रमितमध्ये धेरैले संक्रमण भएको २ हप्तापछि मात्र आफ्नो शरीरमा एन्टिबडीको विकास गर्न सक्छन्।

४. कोभिड-१९ को परीक्षणका लागि तयार गरिएका एन्टिबडी डिटेक्सन टेस्टले मानिसमा संक्रमण गर्ने अरू भाइरसहरूसँग पनि क्रस रियाक्ट गर्न सक्छ। त्यस्तो बेलामा सही नतिजा नआउन सक्ने संभावना पनि उत्तिकै हुन्छ। 

५. ‘इम्युन’ र ‘नट इन्फेक्टिभिटी’ एकअर्कासँग समान छैनन्। किनकी भाइरसले कहिलेसम्म मानिसमा संक्रमण रहिरहन्छ भन्ने विषयमा कसैले पनि यकीन गर्न सकेका छैनन्।

कोभिड-१९ का लागि प्वइन्ट केयर अफ इम्युनोडायग्नोस्टिक टेस्टको विषयमा डब्लूएचओले ८ अप्रिल २०२० मा उल्लेख गरेको विषय: 
‘हामी अहिलेसम्म पुष्टि भएका तथ्यबाट अहिलेलाई रिसर्च सेटिङका लागि मात्र केयर इम्युनोडायग्नोस्टिक टेस्टको प्रयोग गर्नका लागि आग्रह गर्दछौं। यो विधी कोभिड-१९ का लागि सहयोगी भएको पुष्टि नहुन्जेलसम्मका लागि विशुद्ध रिसर्चबाहेक अन्य सेटिङ जस्तै क्लिनिकल डिसिजन मेकिङ आदिमा प्रयोग गर्न पाइने छैन।’

Xtrem

Xtrem

यसैगरी डब्लुएचओले बजारमा उपलब्ध हुने नक्कली उत्पादनको विषयलाई चेतावनी पनि दिएको छ। द इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसिएमआर) ले पनि विशुद्ध अनुसन्धानका लागि मात्र आरडिटीको प्रयोग गरिरहेको छ। 

यहाँ इडिसिडीले उल्लेख गरेको मापदण्ड बुँदागत रूपमा (इटालिक अक्षरमा) उल्लेख गरेर त्यसको मुनी त्यसका कमीकमजोरी र परिवर्तन गर्नुपर्ने विषयहरू औंल्याइएको छ।
१. यदि सेभियर अक्युट रेस्पिरेटरी संक्रमण फैलँदै गएमा आरडिटी परीक्षण गर्न सकिनेछ। 

उच्च आशंका गरिएका सारी केसहरूमा एकपटक पिसिआर परीक्षण नेगेटीभ आएको खण्डमा फेरि ४८ घण्टाभित्र एकपटक फेरि पिसिआर परीक्षण नै दोहोर्‍याउनुपर्छ। शरीरमा एन्टिबडीको उपस्थितिको बारेमा यसै भन्न सक्ने स्थिति हुँदैन त्यसैले यसको सट्टामा यसको उपचारका लागि रेडियोलोजिकल पिक्चर्स‚ बायोकेमेस्ट्री र हेमाटोलोजीकल प्यारामिटरको बारेमा विचार गरिनुपर्छ।

२. क्वारेन्टाइनमा बसेका व्यक्तिहरूका लागि परीक्षण : क्वारेन्टाइनमा राखिएको ५-१० दिनभित्र परीक्षण गर्नुपर्छ (पिसिआर परीक्षणमा नेगेटिभ नै भेटिए पनि १४ दिनसम्म भने बस्नु नै पर्ने हुन्छ)। पिसिआर परीक्षणबाट नेगेटिभ आएका व्यक्तिमा परीक्षण गरिएको २ हप्तामा फेरि र्‍यापिड टेस्ट गर्ने‚ यदि त्यसमा पनि नेगेटिभ आयो भने अर्को हप्ताका लागि घरमा सेल्फ आइसोलेसनका लागि पठाउने। 

यदि क्वारेन्टाइनमा राखिएका सबै व्यक्तिहरूलाई अलग अलग राख्ने व्यवस्था मिलाइएको छ भनेमात्र यो पक्रिया अवलम्बन गर्नुपर्ने हुन्छ। यदि एउटै कोठामा दुई वा सोभन्दा धेरै व्यक्तिहरू सँगै बसेको र शौचालयहरू सेयर गरेर प्रयोग गरेको अवस्थामा माथि उल्लेखित प्रक्रिया लागू गर्न मिल्दैन। हाम्रो अवस्थामा एक व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको १४ दिनमा पनि संक्रमण हुन सक्ने भएकाले यस्ता व्यक्तिहरूको पिसिआर टेस्ट क्वारेन्टाइनबाट निस्कने १४ औं दिन अथवा घरमा सेल्फ आइसोलेसनमा बसेका बेला ५औं दिनमा लिन सम्भव भए राम्रो हुनेछ। बिरामीलाई डिस्चार्ज गर्दा आरडिटी टेस्टमा नेगेटिभ देखियो भन्दैमा संक्रमण हटिसकेको छ भन्ने हुँदैन।

३. कोभिड-१९ संक्रमितका लागि अग्रपंक्तिमा रहेर सेवा गर्ने स्वास्थ्यकर्मीका लागि र्‍यापिड टेस्ट गर्ने र यदि र्‍यापिड टेस्ट पोजेटिभ देखिएमा पिसिआर टेस्ट गर्ने‚ यदि पहिला आरडिटी नेगेटिभ आएको छ भने हरेक महिना र्‍यापिड टेस्ट गर्ने।

आरडिटी परीक्षणमा मात्र नेगेटिभ आएमा उक्त व्यक्तिमा संक्रमण नै छैन नसकिने भएको कारण  अग्रपंक्तिमा रहेर सेवा गर्ने स्वास्थ्यकर्मीले जब इन्फेक्सन प्रिभेन्सन कन्ट्रोलका सबै विधी नअपनाएको खण्डमा पिसिआर परीक्षण नै सुझाइन्छ। यदि पिसिआर परीक्षणमा पनि रिपोर्ट नेगेटिभ आयो भने चाहीँ महिनैपिच्छे सेरोसर्भिलेन्स याक्टिभिटीको रूपमा आरडिटी परीक्षण गर्न सकिन्छ।

४. कुनै पनि व्यक्ति लोकल ट्रान्समिसन भएको स्थानबाट ३ महिनायता फर्किएका छन् र यदि उनीहरूले पहिला कुनै टेस्ट गराएका छैनन् भने उनीहरूलाई सुरूमा र्‍यापिड टेस्ट गर्ने र यदि पोजेटिभ आएको खण्डमा पिसिआर टेस्ट गर्ने।

यस्तो समूहलाई दुई भागमा विभाजन गराइनुपर्छ। भाइरल डाइनामिक्सको डेटाको माध्यमबाट नासोफ्यारिङ्गिल स्वाबबाट एक महिनाभित्रको आरएनएको बारेमा पत्ता लगाउन सकिन्छ। एक महिना वा त्योभन्दा अघि एक क्षेत्रबाट अर्को क्षेत्रमा फर्किएका मानिसमा पिसिआर परीक्षण गर्नुपर्ने हुन्छ। सिरो सर्भिलेन्सका लागि त्यस्ता व्यक्तिले आरडिटी परीक्षण गर्न सक्छन्।

५. कोभिड-१९ संक्रमित व्यक्तिसँगको सम्पर्कमा आएका र त्यस्तै लक्षण देखिएका व्यक्ति र स्वास्थ्यकर्मीहरूका लागि परीक्षण : संक्रमितसँग सम्पर्कमा आएको ५-१० दिनभित्र पिसिआर परीक्षण गर्ने (यसपछि पनि यदि पिसिआर रिपोर्ट नेगेटिभ नै आएपनि १४ दिनसम्मका लागि क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ)। यदि पिसिआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको खण्डमा वा त्यसभन्दा अघि परीक्षण नगरेको खण्डमा  २ सातापछि आरडिटी परीक्षण गराउने‚ यदि त्यसबेला पनि नेगेटिभ नै आयो भने घरमा सेल्फ आइसोलेसनमा बस्नका लागि पठाउने।

बिरामीको सम्पर्कमा आउँदा आइपिसीका सबै विधी नअपनाएको खण्डमा यस्ता स्वास्थ्यकर्मी र सम्पर्कमा आएका व्यक्तिहरूलाई क्वारेन्टाइनमा राख्नुपर्ने हुन्छ।

६. हरेक साता र्‍यान्डम स्याम्पलिङ गर्ने : सम्भावित हट्स्पट एरिया‚ धेरै जनसंख्या भएको क्षेत्र‚ धेरै कामदारहरू भएको क्षेत्र यदि कोरोनाको हटस्पट भयो र सबैलाई छुट्टाछुट्टै राख्न असम्भवप्रायः हुन्छ त्यसैले त्यस्तो बेलामा आरडिटी परीक्षण गर्नुपर्छ (यदि आरडिटी पोजेटिभ आएमा पिसिआर परीक्षण गर्ने)।

हटस्पट गएको जनसंख्याको सन्दर्भमा र्‍यान्डम स्याम्पिलङको अनुसार आररडिटीका साथसाथै पिसिआर टेस्ट पनि गराउनुपर्छ।

७. बोर्डर र अन्य यातायातका कर्मचारीहरूले महत्वपूर्ण सामान सप्लाई गर्दा : यदि सम्भव छ भने बोर्डरको समाप्तिसँगै अर्को ड्राइभर परिवर्तन गर्ने‚ यदि ड्राइभर परिवर्तन गर्न सकिएन भने बोर्डर नजिकै रहेको हेल्थ डेस्कमा गएर र्‍यापिड टेस्ट गराउने(यदि र्‍यापिड टेस्ट पोजेटिभ आयो भने पिसिआर परीक्षण पनि गराउने)। यदि बोर्डरको वारि र पारी एउटै व्यक्ति ओहोर दोहोर गरिरहेको छ भने उक्त व्यक्तिमा हरेक दुई हप्ताको अन्तरमा र्‍यापिड टेस्ट गराइरहनुपर्छ।

यसमा बुँदा नम्बर ४ मा लेखिएअनुसार विदेश वा संक्रमण फेलिएको स्थानबाट फर्किएका व्यक्तिको लागि लागू हुन्छ।

८. आकस्मिक बिरामीको शल्यक्रिया गराउँदा : यदि कोही जीवन र मरणको दोसाँधमा छ र उसलाई कोभिड-१९ को संक्रमण हुनसक्ने उच्च आशंका गरिएको छ भने सम्भव भएसम्म तुरून्तै पिसिआर वा आरडिटी परीक्षण गराइहाल्नुपर्छ। तर यस्तो अवस्थामा त्यसको रिपोर्ट कुरेर बस्नुहुँदैन। कोभिड-१९ रोगको सावधानी अपनाएर शल्यक्रिया गर्नुपर्छ। यदि कसैलाई इलेक्टिभ शल्यक्रियाका लागि समय दिइएको छ भने आरडिटी रिपोर्ट हेर्ने‚ यदि नेगेटिभ आएमा शल्यक्रिया अघि बढाउनुपर्छ। यदि आरडिटी पोजेटिभ आयो भने पिसिआर परीक्षण पनि गराउनुपर्छ।

स्थानीय तथा क्षेत्रीय स्तरमा कोभिड फैलिएको स्थानमा कसैलाई इलेक्टिभ शल्यक्रिया गर्नु छ भने‚ अथवा संक्रमण नफैलिएको ठाउँमा संदिग्ध व्यक्तिका लागि इलेक्टिभ शल्यक्रिया गर्नुपरेमा एनएएटी जाँच गर्नुपर्ने हुन्छ। कोभिड-१९ संक्रमित व्यक्तिहरूको शल्यक्रिया गर्दा उच्च जोखिम हुने हुँदा यसरी जाँच गरेर संक्रमण नभएको पुष्टी भएपछि मात्र शल्यक्रिया गर्दा राम्रो हुन्छ। 

स्थानीय र क्षेत्रीय तहहरूमा यदि सार्स-कोभ-२ को अभाव भएको अवस्था‚ बिरामी बाहिरबाट आएको अवस्थामा र संक्रमित व्यक्तिसँगको सम्पर्कमा आएको अवस्थामा शल्यक्रियाका लागि समय तोकेका बिरामीहरूलाई एसिड एम्प्लिफिकेसन टेस्ट गराउनुपर्ने हुन्छ। डिसइन्फेक्टेन्ट स्प्रेसहित सबै प्रोसिडर जस्तै इन्डोस्कोपी‚ न्यासोफ्यारिङ्गोस्कोपीहरू पनि गर्नुपर्ने हुन्छ।

त्यस्तै अरू प्रोसिडर जस्तैः इन्डोस्कोपी‚ न्यासोफ्यारिङ्गोस्कोपी आदि गर्दा पनि यसरी नै पिसिआर गरेर गर्नुपर्ने हुन्छ।
 
अहिले पेरिअपरेटिभ स्कृनिङ र रिस्क स्ट्राटिफिकेसनमा आरडिटीद्वारा एन्टिबडी परीक्षणको केही पनि भूमिका छैन।

प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७  १८:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
महाधिवेशनको चौथो दिन : के-के हुँदैछ ?
पासाङ ल्हामु राजमार्ग, बेंसीसहर–खाङसार र बेनी–जोमसोम सडक अवरुद्ध
भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
महाधिवेशनको चौथो दिन : के-के हुँदैछ ? बुधबार, असोज २१, २०८३
पासाङ ल्हामु राजमार्ग, बेंसीसहर–खाङसार र बेनी–जोमसोम सडक अवरुद्ध बुधबार, असोज २१, २०८३
भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ बुधबार, असोज २१, २०८३
सभापतिमा गगनसहित ३ जना भिड्ने बुधबार, असोज २१, २०८३
एक गोल र दुई असिस्ट गर्दै बिदा भए मेसी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्