काठमाडौं- संयुक्त अबर इमिरेटस् (युएई)मा अलपत्र नेपालीको शुक्रबार उद्धार हुँदैछ। शुक्रबार युएईको सारजहाँबाट एयर अरबियाको जहाज ३ बजेतिर त्रिभुवन विमानस्थल आउने विमानस्थलले जनाएको छ।
सरकारले विभिन्न देशमा अलपत्र नेपालीको उद्धार सुरु गरेसँगै अन्य देशबाट पनि नेपाली ल्याइने भएको छ।
शुक्रबारै बर्मामा अलपत्र नेपालीको पनि उद्धार हुँदैछ। त्यहाँबाट नेपाली ल्याउने जहाज १० बजे आइपुग्ने भनिए पनि जहाज उडेको छैन। बर्माबाट आज २६ नेपालीको उद्धार हुँदैछ।
(नोट : यसअघि प्रकाशित समाचार शीर्षकमा अन्यथा भएकाले क्षमायाचनासहित सच्याइएको छ। -सम्पादक)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।