काठमाडौं- चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदमा दयाराम दाहाल नियुक्त भएका छन्। मन्त्रिपरिषदको बिहीबार साँझ बसेको बैठकले दाहाललाई नियुक्त गरेको हो।
चलचित्र निर्माता तथा निर्देशकसमेत रहेका दाहाल बोर्डको अध्यक्षमा नियुक्त भएका हुन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सिफारिसमा उनको नियुक्ति भएको हो।
बोर्डका तत्कालीन अध्यक्ष केशव भट्टराईको निधनपछि रिक्त स्थानमा उनलाई ल्याइएको हो। भट्टराई अध्यक्ष हुँदा पनि दाहाल बोर्डको सदस्य थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।