काठमाडौं- कोरोना भाइरस (कोभिड १९) का कारण रोकिएका खेलहरु विस्तारै सुरु हुँदैछन्। जसमा सुरु भएका सबै खेलहरु दर्शकबिना बन्द रंगशालामा गरिएका छन्। तर हंगेरियन कपको फाइनल खेलमा भने दर्शकहरुले शारीरिक दुरीको नियम तोडेका छन्।
बुधबार राति भएको हंगेरियन कप फाइनलमा बुढापेस्ट हनभेडले मेजोकोभेड जोरीलाई २–१ ले हराएको खेलमा दर्शकहरु एकै ठाउँ जम्मा भएका हुन्। केही दर्शकलाई शारीरिक दुरी बनाएर बस्ने नियमसहित रंगशाला प्रवेश दिइएको भए पनि हरेक गोलपछि उनीहरु एकै ठाउँ जम्मा भएका हुन्।
गएको मे ३१ मा कोरोनाका कारण रोकिएका खेलहरु सुरु हुन थाल्दा अहिले हंगेरी दर्शकलाई रंगशाला प्रवेश दिने पहिलो लिग हो। अहिले युरोप बन्द रंगशालामा नै जर्मन बुन्डेस लिगा चलिरहेको छ भने इटाली, स्पेन र इंग्ल्याण्डले पनि रोकिएको लिग सुरु हुने मिति तय गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।