काठमाडौं- इंग्लिस प्रिमियर लिग खेलाडी र पदाधिकारीहरुको कोरोना भाइरस (कोभिड १९) को पछिल्लो परीक्षणमा टोटनह्यामका एक जनामा संक्रमण देखिएको बताइएको छ। संक्रमण देखिएका व्यक्ति सात दिनको सेल्फ आइसोलेसनमा छन्।
नाम उल्लेख नगरिएका ती व्यक्तिको संक्रमणसहित पछिल्लो समय प्रिमियर लिगमा गरिएको परीक्षणमा कोरोना संक्रमण देखिनेको संख्या १३ पुगेको छ। तर पछिल्लो चरणमा परीक्षण गरिएका १ हजार १ सय ९७ जनामा भने टोटनह्यामका एक जनामा मात्र संक्रमण देखिएको हो।
प्रिमियर लिगमा अभ्यास सुरु भएसँगै अहिले हप्तामा दुईपटक खेलाडी र पदाधिकारीको कोरोना भाइरस परीक्षण भइरहेको छ। रोकिएको लिग जुन १७ मा सुरु गर्ने गरी तयारी भइरहेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।