• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

युट्युबकारिताबाट हायलकायल पत्रकारिता

64x64
डिबी खड्का बुधबार, जेठ २१, २०७७  १३:५५
1140x725

मंगलबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा गम्भीर विषयमा छलफल भइरहेको थियो। रुकुम चौरजहारीमा घटेको घटनाका विषयमा भएकाले समितिका अधिकांश सदस्य सांसददेखि सरोकारवालासम्मको उपस्थिति थियो। आमन्त्रित थिए, गृहमन्त्री रामबहादुर थापा बादल, आइजिपी ठाकुर ज्ञवाली र महान्यायधिवक्ता अग्निप्रसाद खरेल।

घटनाको सत्यतथ्य छानविन गरी पीडितलाई न्याय दिने निकायका सर्वोच्च पदमा आसिन व्यक्तिको उपस्थिति मात्रै पनि महत्वपूर्ण हुन्छ। उनीहरुको बोली त झन् अर्थपूर्ण हुने भइहाल्यो। त्यसैले मूलधार भनिने लगभग सबै सञ्चारमाध्यमका संसदीय रिपोर्टिङ गर्ने पत्रकारको बाक्लो उपस्थिति थियो। 

छलफलका क्रममा महान्यायधिवक्ता अग्निप्रसाद खरेलले घटना र आफू अन्तर्गतका निकायले गरिरहेको कामकारबाही बताउनुअघि सञ्चारमाध्यमप्रति असन्तुष्टि पोखे। जुन 'सरकारी मान्छे' संलग्न हरेकजसो कार्यक्रममा पछिल्लो समय देखिँदै आएको विषय हो।  

रुकुम घटनालाई वंग्याइएको मात्रै होइन,  छानविन समितिअघि नै सञ्चारमाध्यम निर्क्यौलमा पुगिसकेको भन्दै उनले अमिलो पोखे। सञ्चारकर्मी बसेकोतर्फ छड्के परेर हेर्दै उनले भने,  'अहिले मिडियामा आइराखेका कतिपय चिजहरु अनुसन्धानमा भेटिँदैनन्।' सञ्चारमाध्यमको कर्ममाथि प्रश्न उठाउनु पर्दाको मनोभाव उनको बोलीमा झल्किन्थ्यो। असहज महशुस गर्दै थपे, 'म विनम्रतापूर्वक भन्छु अहिले जे लेखिराखिएको छ अनुसन्धानमा त्यो कुरा देखिएको छैन। त्यो कुरा भन्नु भन्दा अगाडि दशचोटी सोच्नुपर्ने थियो। त्यो कुरा लेख्नु भन्दाअघि दशचोटी सोच्नुपर्ने थियो।'

खरेलले यही बीचमा एक वाक्य घुसाए, 'मैले नियमित युट्युब फलो गरिरहेको छु।'  त्यसपछि हामीले राहतको श्वास लियौं र महान्यायधिवक्ताको 'मिडिया लिटरेसी'मा हाँस्यौं मात्र। कति साथीहरुले महान्यायधिवक्तालाई व्यंग्य गर्दै ट्वीट गरे। कतिले स्ट्याटस लेखे।

यति भनिरहँदा त्यहाँ उपस्थित सञ्चारकर्मीले कान ठाडा बनायौं। आफ्नो कर्ममाथि सार्वजनिक रुपमा औंलो उठिरहेको समयमा हुने हीनताबोधसहित सुनिरह्यौं। सत्यतथ्यका लागि खबरदारी गर्ने हामीलाई कसैले झुटको खेति गरिरहेका छौँ भनेर भनिरहँदा दुख्ने मुटु दुखाएर सुनिरह्यौं। कुनै विषयमा लेख्नु र भन्नु भन्दाअघि दशचोटी सोच्नेहरु नै त्यहाँ भएकाले हामी सोचमग्न नै भयौं।

खरेलले यही बीचमा एक वाक्य घुसाए, 'मैले नियमित युट्युब फलो गरिरहेको छु।'  त्यसपछि हामीले राहतको श्वास लियौं र महान्यायधिवक्ताको 'मिडिया लिटरेसी'मा हाँस्यौं मात्र। कति साथीहरुले महान्यायधिवक्तालाई व्यंग्य गर्दै ट्वीट गरे। कतिले स्ट्याटस लेखे। 

हामी युट्युबकारिता गरिरहेका छैनौं भन्ने लागेर उनको भनाइ हामी लक्षित होइन भन्दै एकछिनका लागि खुशी पनि भयौं। तर त्यो खुशीको अर्थ त्यतिबेलासम्म सीमित रह्यो जबसम्म महान्याधिवक्ताले त युट्युबको भ्युजकारिता र मूलधारका सञ्चारमाध्यमको पत्रकारिताको अन्तर केलाउन सकेनन्। उनले  सबैलाई एकै डालोमा हालिदिए भने सर्वसाधारणको अवस्था के होला? हँसियाजस्तो प्रश्नवाचक चिह्न दिमागको अघिल्तिर तेर्सियो। त्यसले रन्थन्याइरह्यो। 

Ncell 2
Ncell 2
nimb
nimb

युट्युब मनोरञ्जन र सूचनाको सहज पहुँचका लागि गज्जबको प्लेटफर्म बनिरहेको छ। यसका अनेक नाफा छन्। प्रतिभावान व्यक्तिले आफूलाई प्रमाणित गर्न अतिरिक्त झन्झट बेहोरेको छैन। मनपर्ने टिभी कार्यक्रमका लागि निश्चित समय कुरेर बस्नुपर्ने बाध्यता छैन। पाककलादेखि संगीतकलासम्म यहीँबाट सिकिन्छ र यहीँबाट देखाउन सकिन्छ। 

तर, जब जवाफदेहितामा आइपुग्छ यो अभिसाप बनिरहेको छ। आर्थिक उन्नतिका लागि सूचनालाई अतिरञ्जित गरेर पस्किनेहरुको भीडले समाजलाई दिग्भ्रमित बनाइरहेको छ। जसको पार्श्व असरको शिकार समाज हुँदै गएको छ। 

ठूलो हिस्साले सूचनाको स्रोत युट्युब बनाइरहेको वर्तमान परिस्थितिमा बढी भन्दा बढीलाई हेराउने नाममा भइरहेका निकृष्ट हर्कतको हानी सञ्चारमाध्यमले पनि बेहोर्नुपर्ने अवस्था बनिरहेको छ। समाजको जीवन चक्रमा घट्ने सामान्य भन्दा सामान्य घटना 'चर्चित कान्ड' भइरहेका छन्। 'फलानोकी श्रीमती फलानोसँग भागेको' घटना राष्ट्रिय एजेन्डा भइरहेको छ। त्यही विषयमाथि बहस गर्न तत्पर भएर बसेका 'एटेन्सन सिकर'हरु छन्। उनीहरुको विश्लेषण सुन्दा लाग्छ- जसको आफ्नै जीवनको लय बिग्रिएको छ, तिनीहरु नै समाजको जीवनको अकेष्ट्रा मिलाउने छडी दायाँबायाँ गरिरहेका छन्। 

पत्रकार र पत्रकारिताप्रतिको यो नराम्रो छाप मेट्न सूचनाको ज्ञान आम पाठकमा आइपुग्न वर्षौं लान सक्छ। खराबी हरेक ठाउँमा छन्। तर युट्युबकारिताको होडबाजीमा युट्युबमा नै केही राम्रा सामग्री पस्किरहेकाहरु पनि छोपिएका छन्। यसको सहज समाधान पाठक आफैले सूचनाको स्रोतमाथिको विश्वास गर्नसक्ने अवस्थाको सिर्जना गर्नु हो।

एउटा क्यामेरा र बुम लिएर जोगीदेखि रोगीसम्मका अघिल्तिर तेर्स्याएर अन्टसन्ट प्रश्न गर्नेहरुको बिगबिगी बढेको छ। कसैको जीवनमा लागेको बिर्सिनलायक पीडाको घाउलाई कोट्याएर आफ्नो जीवनमा उन्नति गर्न खोज्ने परपीडकहरु कस्ता हुन्छन्? युट्युबरको हुलिया आँखाअघि नाँच्न थालेको छ।  संकटको समयमा आफूलाई संकटमा पारेर सही सूचना दिने कोशिस गरिरहेका इमान्दार पत्रकारसँग ती परपीडकको हुलिया मिल्दा दु:ख लाग्छ। ती दु:खका अनेक पत्र छन्। यी हाम्रा दु:ख हुन्। बेला-बेला महान्यायधिवक्ता खरेलहरुले उनीहरुलाई हामीसँग मिसाएर ती दु:ख नसम्झाउँदा हुन् त केही थान पैसाका लागि गिरेका तिनीहरुमाथि यति लेख्ने कष्ट पनि किन उठाइन्थ्यो र?

पत्रकार र पत्रकारिताप्रतिको यो नराम्रो छाप मेट्न सूचनाको ज्ञान आम पाठकमा आइपुग्न वर्षौं लान सक्छ। खराबी हरेक ठाउँमा छन्। तर युट्युबकारिताको होडबाजीमा युट्युबमा नै केही राम्रा सामग्री पस्किरहेकाहरु पनि छोपिएका छन्। यसको सहज समाधान पाठक आफैले सूचनाको स्रोतमाथिको विश्वास गर्नसक्ने अवस्थाको सिर्जना गर्नु हो। तर महान्याधिवक्ता जस्ता व्यक्ति युट्युबकारितामा विश्वास गरिरहेका छन् भने आम पाठकसम्म त्यो ज्ञान पुग्न त समय लाग्छ नै।

महान्यायधिवक्ता खरेलले रुकुमको चौरजहारीमा घटेको घटनाका विषयमा युट्युबरका सामग्रीमाथि प्रश्न गरे। ती प्रश्नको उत्तर खोज्दै आधा रातसम्म युट्युब चाहरें। लाज, घीन, दु:ख र आक्रोश मिसिएपछि एक व्यक्तिको कस्तो मनोदशा बन्दो हो? त्यही अवस्थामा पुगियो। 

घटनालाई बंग्याउन खोजे मात्रै त हुन्थ्यो। मृत नवराज र जीवित ती किशोरीमाथि नै घृणा पैदा गर्ने खालका सामग्रीहरु छन्। जातीय हिंसा भड्काउने खालका छन्। सामाजिक सद्भाव विथोल्ने प्रकारका छन्। ती किशोरीको पेटमा नवराजको बच्चा रहेकोदेखि अर्को केटासाथी भएकोसम्म। कतिपयको त शीर्षक नै 'नाङ्गो रात' भनेर छ। कतिपय त्यस्ता शीर्षकहरु यहाँ लेख्न पनि लाज लाग्ने छन्। 

तीनवटा सरकारी छानविन टोली ‍प्रमाण जुटाउन फिल्डमा डटिरहेका छन्। तर 'भित्री प्रमाणसहित हरी मिडियामा' भनेर युट्युबले ती छानविन टोलीलाई माथ खुवाइसके। घटनाका विषयमा मातादेखि झाँक्री बोलीसके। माता र झाँक्रीलाई विश्वास गर्ने अन्धविश्वासी समाजलाई आतंकित हुन यो भन्दा धेरै के चाहिएला र? मृत  नवराजका पिताको हवला दिँदै भनिरहेका छन् युट्युबरहरु 'किरियाबाट उम्केपछि सबैलाई छप्काउँछु?'

मैले भिडियो हेरेका यी तमाम युट्युबरलाई आग्रह- आज यस्तै भए पनि परिस्थितिले कुनै दिन देशको जिम्मेवार नागरिक बनाएछ भने आफ्नै आजको कर्म फर्केर हेर्नू? झुटका पुलिन्दा र भ्रमको खेतीले आर्जित सम्पत्तीमा विचार गर्नु। त्यो दिन पनि आत्मग्लानीले शीर झुकेन भने सम्झिनु संसारबाट मानवताले उहिल्यै सुइँकुच्चा ठोकिसक्यो। बाँकी त मानवता हराएका हामी अमानव छौं। 

नाबालकदेखि वृद्धसम्मका अघि बुम ठोसिएको छ। बलजफ्ती बोल्न लगाइँदैछ। जवान सन्तान गुमाएर छाति चर्किएका आमाहरुको आँशुसमेत बेच्ने हुलका हुल बाँधेर रुकुम र जाजरकोट पुगिरहेका  छन्। उनीहरु देखेर लाजसमेत लजाउनुपर्ने अवस्थामा होला। समस्या के भने आम मानिसको विश्वास कलम र कापी बोक्ने पत्रकारमाथि भन्दा झलक्क झल्कने क्यामरा र बुम बोकेका युट्युबरमाथि नै बढी छ।

यो घटनाका विषयमा २० भन्दा बढी भिडियो र राखिएका शीर्षक हेरेपछि म पनि महान्याधिवक्ता खरेलका पक्षमा छु- यति बोल्नु र लेख्नु भन्दाअघि दशचोटी सोच्नुपर्ने थियो। तर सोचिएन।

मैले भिडियो हेरेका यी तमाम युट्युबरलाई आग्रह- आज यस्तै भए पनि परिस्थितिले कुनै दिन देशको जिम्मेवार नागरिक बनाएछ भने आफ्नै आजको कर्म फर्केर हेर्नू? झुटका पुलिन्दा र भ्रमको खेतीले आर्जित सम्पत्तीमा विचार गर्नु। त्यो दिन पनि आत्मग्लानीले शीर झुकेन भने सम्झिनु संसारबाट मानवताले उहिल्यै सुइँकुच्चा ठोकिसक्यो। बाँकी त मानवता हराएका हामी अमानव छौं। 

प्रकाशित मिति: बुधबार, जेठ २१, २०७७  १३:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
१० मिनेटमा बदलिएको लामुसोती शुक्रबार, भदौ १९, २०८३
शाही भन्छन्, ‘मान्छेहरू जिउँदै छन्, सुरुङभित्र छन् भन्दा गाली गरियो’ शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट अर्का व्यक्तिको पनि जीवित उद्धार शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार गरियो शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्