एजेन्सी- डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा इबोला भाइरसका नयाँ बिरामी फेला परेको छ। स्वास्थ्यमन्त्री इटेनी लोगोडोले पश्मिमी शहर म्बानडाकामा कोरोना भाइरसका कारण चार जनाको मृत्यु भएको जनाएका छन्।
यो क्षेत्र कोरोना फैलिएको भन्दा एक हजार किलोमिटरको दूरीमा रहेको छ। यसरी कोरोना देखिन थालेपछि उक्त क्षेत्रका लागि औषधी र डाक्टर पठाइएको स्वास्थ्यमन्त्री इटेनीले बताए।
कंगोले अप्रिलमा इबोला महामारी अन्त्य भएको घोषणा गर्ने तयारीमा थियो। यही अवस्थामा नयाँ बिरामी फेला परेको हो। डिआरसी इबोला बाहेक कोरोनासँग जुधिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।