मुम्बइ– बलिउडका चर्चित संगीतकार वाजिद खानको मृत्यु भएको छ। उनको मृत्युसँगै बलिउड शोकमा डुबेको छ। निरन्तर हिट गीत दिइरहेको ‘साजिद–वाजिद’ जोडी टुटेको छ। सोमबार बिहान मुम्बइको एक अस्पतालमा उनको कोरोना संक्रमणका कारण निधन भएको हो।
४३ वर्षीय वाजिद मिर्गौलाका बिरामी थिए। उनले केही समयअघि मिर्गौला प्रत्यारोपण समेत गराएका थिए। कमजोर रोग प्रतिरोधी क्षमताका उनलाई कोरोना संक्रमण भएको थियो।
उनको मृत्युमा बलिउड कलाकर्मीमा सवैभन्दा दुःखी अभिनेता सलमान खान भएका छन्। वाजिद सलमानका प्रिय संगीतकार मात्रै होइनन्, जीवनका अनेक संयोग छन्।
सलामानकै फिल्म ‘प्यार किया तो डरना क्या’बाट वाजिदले संगीत करियर सुरु गरेका थिए। वाजिदको अन्तिम संगीत पनि सलमानकै लागि भयो। केही दिनअघि सार्वजनिक ‘भाइ–भाइ’ साजिद–वाजिदकै संगीत थियो।
सलमान धेरै फिल्ममा उनले संगीत दिएका छन्। तीमध्ये अधिकांस हिट छन्। ‘हेल्लो ब्रदर’, ‘मुझसे सादी करोगी’, ‘तेरे नाम’, ‘दबंग’ र वान्टेड’।
वाजिदले सलमानलाई आफ्नै दाइ सरह प्रेम र आदर गर्थे। हिन्दुस्तान टाइम्सका अनुसार वाजिदले सलमानका लागि एकपल्ट भनेका थिए, ‘हामीले जुन गीत दियौं। ती सलमानले छानेका थिए। ‘तेरे नाम’को ‘लगन लगी’देखि ‘दबंग’को ‘मस्त मस्त दो नैन’सम्म।
उनीहरु लकडाउनको समयमा पनि संगीत गरिरहेका थिए। यही बीचमा सलमानको इद लक्षित गीत ‘भाइ–भाइ’ रिलिज भएको थियो। यसैगरी गायक जावेद अलीसँग एउटा एल्बम पनि रिलिज गरेका थिए।
मिर्गौला प्रत्यारोपण पछि उनको स्वास्थ्य अवस्था भने सुध्रिन सकेको थिएन। यही बीचमा धेरै नै समस्या आएपछि अस्पताल भर्ना भएका थिए। पछिल्ला तीन दिनदेखि उनी भेन्टिलेटरमा थिए।
उनका हिट गीत
सोनी दे नखरे - पार्टनर्स
ताजदार ए हरम - सत्यमेव जयते
तेरे बिना लगता नहीं - कल किसने देखा
जलवा - वान्टेड
हमका पिनी है - दबंग
पान्डेजी सिटी - दबंग २
धडंग धडंग - राउडी राठौर
जय हो - जय हो
बुलेट राजा टाइटल - बुलेट राजा
तू भी मूड में - ग्रान्ड मस्ती
एक था टाइगर - माशाअल्लाह
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।