• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

बजेटमा ‘नअटेको’ नेपाल एयरलाइन्स

64x64
नेपाल लाइभ सोमबार, जेठ १९, २०७७  १६:१५
1140x725

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गरिसकेको छ।

बजेटमाथि उठेको विषयमा अर्थमन्त्री युवराज खतिवडाले समेत सामान्य जवाफ दिइसकेका छन्। योसँगै संसद सचिवालयले मन्त्रालयगत बजेटको विषयमा २३ गतेबाट छलफल सुरु गर्दैछ। तर, सरकारले जेठ २ गते ल्याएको नीति तथा कार्यक्रम र बजेट दुवैमा आर्थिक संकटमा फस्दै गएको नेपाल एयरलाइन्सको विषयमा कुनै पनि विषय समावेश भएको छैन।

लकडाउनसँगै बन्द भएको अन्तर्राष्ट्रिय उडानका कारण नेपाल वायुसेवा निगममा झन् आर्थिक संकट थपिएको छ। आर्थिक संकटकै कारण १५ सय  हाराहारीमा रहेका कर्मचारीलाई तलब तथा भत्ता खुवाउन नेपाल एयरलाइन्ससँग रकम अभाव भइसकेको छ।

लकडाउनकै बेला २० भन्दा बढी कार्गो तथा उद्धार उडान गरेपनि त्यसबाट भएको आम्दानीले निगमको दैनिक खर्च चल्ने अवस्था छैन।

यसमा पनि आर्थिक वर्ष २०७५/०७६ मा मात्रै नेपाल एयरलाइन्स १ अर्ब ९६ करोड रुपैयाँभन्दा बढी घाटामा गएको थियो। चालु आवमा झन् यो घाटा बढ्ने अनुमान सरकारले नै केही दिनअघि सार्वजनिक गरेको सार्वजनिक संस्थानको वित्तीय विवरणमा उल्लेख छ।

यसरी आर्थिक संकटमा फसेको नेपाल एयरलाइन्स सुधारका लागि सरकारले बजेटबाट सम्बोधन गर्न  नसकेको निगमका उच्च कर्मचारीहरू नै बताउँछन्।

बजेटमाथिकै छलफलको क्रममा सांसद दिव्यमणी राजभण्डारीले समेत नेपाल एयरलाइन्सको उद्धार र सुधारमा लागि कुनै बजेटको व्यवस्था नभएको प्रश्न  उठाएका थिए।

तर, केही समयअघि मात्रै बजेटको विषयमा मन्त्रालयमै भएको पत्रकारसँगको छलफलमा नेपाल एयरलाइन्सको सुधार र व्यवसायिक क्षमता बढाउने बजेटको व्यवस्था हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बताएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

उनले भनेका थिए, ‘नेपाल एयरलाइन्सको क्षमता विस्तारका लागि आवश्यक मात्रामा पूँजी समेत विस्तार गरिने र रणनीतिक साझेदार भित्र्याउने गरी नीतिगत व्यवस्थासँगै बजेट आउनेछ।’ तर, मन्त्री भट्टराईको वाचा न त नीति तथा कार्यक्रममा समावेश भयो न त बजेटमा।

मन्त्री भट्टराईले नेपाल एयरलाइन्सको आन्तरिक उडान प्रभावकारी बनाउन बजेट समेत व्यवस्थापन हुने विश्वास गरेका थिए। 

पछिल्लो समय नेपाल एयरलाइन्सलाई कम्पनी मोडलबाट समेत सञ्चालन गर्ने तयारी भइरहेको बेला बजेटको व्यवस्था भएको छैन। ८३ पेजको बजेटमा एक ठाउँमा पनि नेपाल एयरलाइन्सलाई समेटिएको छैन।

नेपाल एयरलाइन्सलाई कम्पनी मोडलमै लैजाने विषय नेपाल एयरलाइन्सको सञ्चालक बोर्डबाट समेत अनुमोदन भइसकेको थियो। अहिले नेपाल एयरलाइन्सको सम्पत्ति मूल्यांकन गर्ने तयारी भइरहेको छ। तर, गतआर्थिक वर्षमा नेपाल एयरलाइन्सले १ अर्ब ९६ करोडभन्दा बढी नोक्सनी बेहोरेको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आर्थिक वर्ष २०७५/०७६ मा झण्डै २ अर्ब रुपैयाँ नोक्सानी व्यहोरेको छ। अर्थ मन्त्तालयले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति विवरणअनुसार नेपाल एयरलाइन्स गत आर्थिक वर्ष २०७५/०७६ मा कुल १ अर्ब ९६ करोड ५४ लाख रुपैयाँ घाटामा गएको थियो।

आर्थिक वर्ष २०७४/०७५ मा २० करोड रुपैयाँ नाफामा रहेको नेपाल एयरलाइन्स गत आर्थिक वर्षमा भने घाटामा गएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ समेत गर्दै आएको निगम पछिल्ला केही वर्षदेखि नाफामा थियो। तर, दुईवटा वाइडबडी जहाज खरिद गर्दै प्रभावकारी रुपमा जहाज फूल फेजमा सञ्चालन गर्न नसक्दा र आन्तरिक उडानमा रहेका चिनियाँ जहाजका कारण नेपाल वायुसेवा निगम घाटामा गएको हो।

योसँगै एयरलाइन्सको सञ्चित घाटा बढेर ५ अर्ब ५३ करोड ५२ लाख रुपैयाँ पुगको छ। चालू आर्थिक वर्ष २०७६/०७७ मा भने नेपाल एयरलाइन्सले अझै योभन्दा बढी नोक्सानी व्यहोर्ने निश्चित छ। कोभिड–१९ का कारण नेपाल एयरलाइन्सको व्यापार नै घटेकाले यसको घाटा बढ्ने भएको हो।

नेपाल एयरलाइन्सले सरकारलाई बुझाउनुपर्ने ऋणमात्रै ३ अर्ब ६० करोड ९८ लाख रुपैयाँ रहेको छ। यसको ब्याज पनि ३५ करोड ७ लाख रुपैयाँ रहेको अर्थ मन्त्रालयले सार्वजनिक गरेको सार्वजनिक संस्थानहरुको वित्तीय विवरण उल्लेख छ।

यसबाहेक नेपाल एयरलाइन्सले विभिन्न वित्तीय संस्थासँग लिएको ऋण ३५ अर्ब ५९ करोड २३ लाख रुपैयाँ छ। यसको ब्याज रकममात्रै २ अर्ब ३१ करोड ५८ लाख रुपैयाँ हुन आउँछ। साथै भाका नाघेको ऋणको साँवा रकम ४९ करोड १३ लाख रुपैयाँ र ब्याज रकम ३५ करोड ७ लाख रुपैयाँ पुगेको छ। नेपाल एयरलाइन्समा कुल १ हजार ४ सय ७५ जना कर्मचारी छन्।

नेपाल एयरलाइन्सले चालु आवमा ३ अर्ब २२ करोड ४० लाख रुपैयाँभन्दा बढी नाफा गर्ने लक्ष्य लिएपनि समीक्षा अवधि (फागुनसम्म)मा ४१ करोड ९३ लाख रुपैयाँभन्दा बढी नोक्सानीमा गएको अनुमान गरिएको छ।

नेपाल एयरलाइन्ससँग अहिले अन्तर्राष्ट्रिय उडानतर्फ ४ वटा जहाज छन्। जसमा दुईवटा ए–३३० वाइडबडी र दुईवटा एयरबस-३२० छन्। निगमले अहिले जापानको नारिता, भारतका ३ सहर, मलेसिया, दुबई, कतार, थाइल्यान्ड र हङकङमा उडान गर्दै आएको छ।

यसैगरी निगमको आन्तरिक उडान भने प्रभावकारी हुन सकेको छैन। ९ वटा जहाज रहेको निगमले निरन्तर रुपमा ३ देखि ४ वटा मात्रै जहाज उडान गर्दै आएको छ। ५ वटा जहाज भने सधैं ग्राउन्डेड भएर बस्ने गरेका छन्। 

निगमले आन्तरिक उडानमा प्रयोग गर्दै आएको ४ वटा चिनियाँ वाई–१२ जहाजमध्ये २ वटा ग्राउन्डेड छन् भने एउटा सञ्चालनमा छ। एक जहाज भने लकडाउनकै अवधिमा नेपालगञ्जमा दुर्घटना भएदेखि ग्राउन्डेड भएर बसको छ। यसैगरी दुईवटा एमए- ६० जहाजमध्ये एउटा ग्राउन्डेड छ भने एउटामात्रै उडानमा छ। साथै ३ वटा ट्विनअटर जहाजमध्ये एउटा ग्राउन्डेड छ भने २ वटा उडानमा छन्।

प्रकाशित मिति: सोमबार, जेठ १९, २०७७  १६:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने...
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी
हिमपहिरोको जोखिम देखाएर जलविद्युत् आयोजना रोक्न नहुने भट्टराईको भनाइ, बूढीगण्डकीलाई बहुउद्देश्यीय परियोजना बनाउन सुझाव
सम्बन्धित सामग्री
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा आरएनपी–एआर (RNP-AR) अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढाएको हो। प्रारम्भिक... बिहीबार, असोज २९, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला लामो अवधिसम्म बुकिङ खुल्नुले पोखरा–दुबई हवाई सेवाको निरन्तरताप्रति आशा जगाएको छ भने पोखराको पर्यटन क्षेत्रले समेत यसलाई सकारात्मक रू... बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता कर्णाली प्रदेशका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गए पनि आवश्यक पूर्वाधार निर्माणमा भइरहेको ढिलाइले पर्यटन... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ मंगलबार, कात्तिक ३, २०८३
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्