काठमाडौं– कोरोना भाइरस (कोभिड १९) का कारण रोकिएको स्पेनिस ला लिगा जुन ११ मा सुरु हुने भएको छ। जसमा पहिलो खेल रियल बेटिस र सेभियाबीच हुने तय छ। यस्तै नयाँ सिजनको ला लिगा सेप्टेम्बर १२ बाट गर्ने तयारी छ।
कोरोना भाइरसको अबको अवस्था कस्तो हुन्छ भन्ने विचार गरेर जुलाइको बीचमा अहिलेको लिग सकाउने गरी ला लिगाको तयारी रहेको देखिन्छ। स्पेन सकर फेडेरेसन र सरकारको खेलसम्बद्ध निकायबीच समझदारी भइसकेको छ।
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजकै आदेशमा ला लिगा मार्च १२ मा रोकिएको थियो। अब समयमा नै रोकिएको लिग सकाएर नयाँ लिगमा काम गर्न सकिए सफल भइने ला लिगा अध्यक्ष जेभियर टेबासले बताएका छन्।
ला लिगामा ११ खेल बाँकी रहँदा बार्सिलोना रियल मड्रिडभन्दा दुई अंकले अघि रहँदै शीर्ष स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।