काठमाडौं- बुन्डेस लिगा अन्तर्गतको खेलमा बायर्न म्युनिकले फोर्टुना डुसलडोर्फलाई ५–० ले हराएको छ। जितसँगै बायर्नको उपाधि यात्रा थप बलियो बनेको छ। एक खेल कम खेलेको दोस्रो स्थानको बोरुसिया डोर्टमुन्डसँग बायर्नको १० अंकको अग्रता छ।
पहिलो हाफको १५औँ मिनेटमा जोर्गेनसेनको आत्मघाती गोलबाट पछि परेको फोर्टुना डुसलडोर्फ खेलमा त्यसपछि सम्हालिन सकेन। पभार्ड र डेभियसले एक–एक साथै लेवान्डोस्कीले बायर्नका लागि दुई गोल गरे। लेवान्डोस्कीले सबै प्रतिस्पर्धामा गरेर यहि सिजन मात्र ४३ गोल पूरा गरिसकेका छन्।
गएको हप्ता बोरुसिया डोर्टमुन्डलाई हराएसँगै लगातार आठौँ उपाधि नजिक पुगेको बायर्न म्युनिकका लागि उपाधिको प्रतिक्षा मात्र बाँकी छ। पाँच खेल मात्र बाँकी रहेको लिगमा बोरुसियाले उछिन्न कठिन देखिन्छ।
कोरोना भाइरस (कोभिड १९) का कारण रोकिएका लिग फुटबलमा बुन्डेस लिगाले नयाँ स्वरुप प्रदान गरिरहेको छ। युरोपका अरु ठूला लिगहरुले बुन्डेस लिगाकै बाटो पछ्याउँदै छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।