• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २३, २०८३ Tue, Sep 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

के सलह नेपाल आउने सम्भावना कम छ? यस्तो छ संकट रोकथामका लागि सरकारको पूर्वतयारी

64x64
हेमन्त जोशी शनिबार, जेठ १७, २०७७  १४:३६
1140x725
फोटो: इटरनेट

मानव जातिका लागि कोभिड १९ रोगको विश्वव्यापी संकट देखिइरहेका बेला दक्षिण एसिया, मध्यपूर्वी देश र केही अफ्रिकी तथा युरोपेली देशहरुमा वनस्पतिका लागि सलह किराको प्रकोप देखिएको छ। पछिल्लो तीन वर्षयता अफ्रिका र युरोपका देशहरुले यसको समस्या भोगिरहेका छन् भने अहिले दक्षिण एसियाली मुलुकमा सलह किराको आक्रमण नियन्त्रण बाहिर छ।

छिमेकी मुलुक भारतमा भित्रिसकेको सलह किराको आतंक नेपाल पनि भित्रन सक्ने अनुमानका बीच कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले यसको नेपाल प्रवेश रोकथाम तथा जोखिम न्युनीकरणबारे अध्ययन गर्न ६ सदस्यीय प्राविधिक समिति गठन गरिसकेको छ। सलह किराको प्रकोप नियन्त्रण तथा रोकथामका लागि अबलम्बन गरिनुपर्ने सुरक्षा उपायबारे अध्ययन गर्न प्लान्ट क्वारेन्टाइन एवं विषादी परीक्षण केन्द्रका प्रमुख सहदेश प्रसाद हुमागाईंको संयोजकत्वमा कृषि बैज्ञानिक तथा प्राविधिकहरु सम्मिलित समिति गठन गरिएको हो।

उक्त समितिले आइतबार वा सोमबारसम्ममा अध्ययन प्रतिवेदन बुझाइसक्ने कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता डा हरि बहादुर केसीले बताए। समितिले सलह किरा नेपाल आउने–नआउनेबारे जोखिम विश्लेषणसँगै पूर्व तयारीका कामहरु कसरी गर्ने भनेर शुक्रबार संयुक्त राष्ट्र संघ खाद्य एवं कृषि संगठन (युएनएफएओ) का विज्ञहरुसँग छलफल गरेको पनि प्रवक्ता केसीले बताए।

‘हाम्रो पुस्ताले नै यस्तो खालको समस्या भोगेको छैन। त्यसकारण कसरी संकट व्यवस्थापन गर्ने भनेर जानकारी लिन हाम्रै आग्रहमा एफएओका विज्ञहरुसँग छलफल भएको हो’, उनले भने।

विज्ञहरुको धारणा– नेपाल भित्रने सम्भावना न्यून छ
छलफलका क्रममा एफएओका विज्ञहरुले नेपालमा सलह आउन सक्ने सम्भावना निकै कम भएको धारणा राखेको प्रवक्ता केसीले बताए। ‘ग्यारेन्टीका साथ आउँदैन भन्नसक्ने अवस्था त छैन। तर सम्भावनाचाहिँ निकै कम छ भन्ने विज्ञहरुको धारणा आएको छ’, उनले नेपाल लाइभसँग भने।  

नेपालमा सलह संकट आउन नसक्ने आधारका रुपमा दुईतीन वटा कारणलाई लिन सकिने डा केसी बताउँछन। ‘भारतको राजस्तान र दिल्ली आसपासमा अहिलेको हावाको गति तथा दिशा र मौसमी अवस्थाका कारणले सलह नेपाल आउने सम्भावना निकै कम छ। यदि आइहाले पनि निकै सानो झुण्ड मात्रै आउने र छोटो समयका लागि आएर फेरि राजस्तानतिरै फर्किन्छ भन्ने अनुमान गरिएको छ’, उनले भने।

त्यस्तै नेपालको हावापानी र मौसम सलह किराको आनीबानीका लागि अनुकूल नभएका कारण पनि नेपालमा यसको प्रकोप नदेखिने आकलन विज्ञहरुको छ।

‘मनसुन सुरु भएपछि सलह किराको फौज नेपालमा नबस्ने सम्भावना र नेपालको हावापानी उसको प्रजनन क्रियाका लागि त्यति सुहाउँदो नभएका कारण यो ठूलो संकटका रुपमा देखिँदैन भन्ने सुझाव विज्ञहरुबाट आएको छ,’ डा केसी भन्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

पूर्व तयारी के छ? 
पूर्व सतर्कताका काम र नेपाल आइहालेको खण्डमा कसरी व्यवस्थापन गर्ने भनेर कृषकहरुलाई जागरुक गराउने तयारी थालिसकेको पनि प्रवक्ता केसीले बताए। ‘मौसमी कुरा थाहा हुँदैन। ठूलो आँधी आएर एकैचोटी बढारेर नेपाल ल्याउन पनि सक्छ। यसकारण हामीले सुदूर पश्चिम प्रदेश र प्रदेश ५ लाई सतर्क रहन भनेर लिखित रुपमै भनिसकेका छौं’, केसी भन्छन्।

त्यस्तै मन्त्रालयमार्फत विभिन्न माध्यामबाट सूचना सम्प्रेषण र जनचेतनाको काम पनि सुरु भइसकेको छ। किटनाशक औषधि र छर्ने औजार उपकरणहरु उपलब्ध रहे–नरहेको तथा आवश्यकता र उपलब्धताबारे अध्ययन गर्ने जिम्मेवारी भने समितिलाई नै दिइएको छ। ‘किटनाशक केहि मौज्दात छ भन्ने आएको छ। तर त्यसले कति पुग्छ भन्ने हो। कति उपलब्ध छ र कति आवश्यक छ भनेर विस्तृत अध्ययन समितिले गरिरहेको छ’, केसीले भने।

भारतले के गर्दैछ?
संयुक्त राष्ट्र संघ खाद्य एवं कृषि संगठन (युएनएफएओ)ले मे महिनामा जारी गरेको बुलेटिनमा अहिले इरान र दक्षिण पश्चिम पाकिस्तानमा बसन्त प्रजनन चलिरहेको र यो आगामी जुन/जुलाईसम्म कायम रहने जनाएको छ। भारत र पाकिस्तानमा जुनको पहिलो साता हुनसक्ने वर्षाले सहलको प्रजनन प्रक्रियामा थप मद्दत पुग्ने युएनएफएओले जनाएको छ। जसकारण सलहको प्रकोप भारत र पाकिस्तानमा जुन महिनामा अत्याधिक देखिनेछ।

भारतका विभिन्न राज्यमा हालसम्म १ लाख ५० हजार एकड जमिनमा सलह किराले नोक्सानी पुर्‍यासकेका छन्। कृषि एवं किसान कल्याण मन्त्रालयले सलह आतंक नियन्त्रणका लागि निर्देशिका जारीसमेत गरिसकेको छ। भारत केन्द्र सरकारको निर्णय मुताबिक ११ वटा नियन्त्रण कक्ष स्थापना गरी विषादि तथा किटनाशक छर्कन कर्मचारीहरु परिचालन गरिएका छन्।

अहिले दमकल, ड्रोन अर्थात ‘रिमोटली पाइलटेड एयरक्राफ्ट सिस्टम र हेलिकप्टरमार्फत विषादि छर्किरहेको छ। त्यस्तै किटानाशक छर्कन ९० वटा दमकल, १२० वटा सर्भे गाडी, विषादी छर्कने मेसिन जडान गरिएका ४७ वटा गाडी र ८ सय १० ट्याक्टरहरु भारतले परिचालन गरिरहेको छ। भारतले ठूलो मात्रामा किटनाशक खरिद प्रक्रिया पनि अगाडि बढाइसकेको छ। किटनाशक छर्किने सँगसँगै किसानहरुले सलह भगाउन ढोल, थाल बजाउने, लाउड स्पिकरहरु बजाउने जस्ता काम पनि गरिरहेका छन्।

एक वर्ग किलोमिटरमा ४ करोडको संख्यामा हिँडिरहेको सलहको यो समूहले १ दिनमा ३५ हजार मानिसको खाना सखाप पार्छन्। भारतमा २०१९ डिसेम्बरमा राजस्थानमा आएका थिए। यसको प्रकोप उत्तर प्रदेश, हरियाणा, दिल्ली र पंजाबसम्ममा फैलनसक्ने अनुमान गरिएको छ। 

पछिल्लो तीन वर्षयता सलहको प्रकोप देखिन थाले पनि विगत वर्षहरुमा मानव गतिविधिका कारण तिनीहरु फैलन पाएका थिएनन्। तर यसवर्ष कोरोना भाइरस रोकथामका लागि जारी गरिएको लकडाउनका कारण मानव गतिविधिमा कमी आएपछि सलहको समूह अत्याधिक फैलिएको छ। अघिल्ला वर्षहरुमा पाकिस्तानले नियन्त्रणमा राख्न सकेकै कारण यसको प्रभाव भारतमा देखिन पाएको थिएन। तर यसवर्ष पाकिस्तानले सलह प्रकोप नियन्त्रण गर्न नसकेर संकटकाल नै घोषणा गरिसकेको छ। 

के हो सलह?
सलह फट्याङ्ग्राको प्रजातिको एक फौजी किरा हो। यस किराले बालीनालीमा आक्रमण गरेर सखाप बनाउने भएकाले यसलाई शत्रुजीव मानिन्छ। सलह किरा अफ्रिकामा सन् २००३ मा प्रकोपको रुपमा उत्पत्ती भएको भए पनि पछिल्लो समय अन्टार्कटिका बाहेक सबै जसो महादेशमा यो विपत्ति फैलिएको पाइएको छ। सलहको जीवनचक्र ३ देखि ६ महिना अवधिको हुन्छ। ठूलो समुहमा बस्ने यो किरा एक दिनमा १ सय देखि २ सय किलोमिटरसम्म दूरी पार गर्छ। एक पटकमा एउटा पोथी सलहले ३ सयसम्म अण्डा पार्छ भने १० देखि २० दिनमा अण्डा फुटेर नयाँ सलह जन्मन्छ। शिशु सलह ४ देखि ५ हप्तामा वयस्क बन्छ। यो प्रजातिको किराले एक दिनमा आफ्नो वजनभन्दा धेरै खाना खान्छ।

अहिले पाकिस्तान हुदै भारत सम्म आइपुगेको सलह किराको फौज २०१८ सालमा साउदी अरब नजिकैको अरेबियन प्रायद्विप पेनिनसुलामा उत्पत्ति भएको मानिन्छ। मध्यपूर्वी देश हुँदै दक्षिण एसियामा समेत भित्रिसकेको यो किराको प्रकोप अझै नियन्त्रणमा आउन सकेको छैन।

प्रकाशित मिति: शनिबार, जेठ १७, २०७७  १४:३६
  • #सलह

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत रोपाइँ कृषि विभागले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार देशभरका कुल धानखेती योग्य जमिनमध्ये ९८ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ। आइतबार, भदौ ७, २०८३
डीडीसीको घ्यू अब दुबईमा, पहिलो चरणमा ६ सय किलो निर्यात नेपाली दुग्धजन्य उत्पादनलाई विश्व बजारमा स्थापित गर्ने लक्ष्यसहित डीडीसीले पहिलो खेप घिउ संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई पठाएको... शुक्रबार, भदौ ५, २०८३
अकबरे खुर्सानी खेतीबाट लाखौँ कमाउँदै मोतीबहादुर कुनै बेला गोलभेँडा खेतीबाट रामेछाप जिल्लामा स्थापित भएका मन्थली नगरपालिका–८ चिसापानीका कृषक मोतीबहादुर सारू मगर अहिले अकबरे खुर्सानी... शुक्रबार, भदौ ५, २०८३
ताजा समाचारसबै
आफैंलाई साढे ३ करोड क्षति हुँदा पनि वर्ल्डलिंकले बाढीपीडितलाई १ करोड १ लाख दियो सोमबार, भदौ २२, २०८३
चार अर्ब डलर बढीको टेलिस्कोप ‘रोमन’, जसले डार्क इनर्जी र डार्क म्याटरको प्रभाव पत्ता लगाउनेछ सोमबार, भदौ २२, २०८३
बाढी प्रभावित विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने शिक्षामन्त्रीको घोषणा सोमबार, भदौ २२, २०८३
एनपीएलको मिडिया र टिकेटिङ अधिकार ३३ करोडभन्दा बढीमा बिक्री सोमबार, भदौ २२, २०८३
रसुवा जाने वैकल्पिक सडक सञ्चालनमा, ठूला सवारी दुईतर्फी चल्ने सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
केपी ओलीलाई कालोमोसो दलिएको ‘एआई निर्मित’ कृतिम फोटो भाइरल आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्