• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एकताअघिकै अवस्थामा जसपा

64x64
वीरेन्द्र ओली शनिबार, जेठ १७, २०७७  १०:५७
1140x725

काठमाडौं- समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले गत वैशाख १० राति साढे ११ बजे एकता गरे। सरकारले ल्याएको अध्यादेशले पार्टी फुट्ने अवस्था आएपछि उनीहरुले हतारहतार एकता घोषणा गरेका थिए। गम्भीर छलफल र बहस नै नगरी ११ गते निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन समेत दिए। परिणामतः एकता घोषणा भएको ३८औं दिन हुँदा समेत जनता समाजवादी पार्टी (जसपा) लाई पूर्णता दिने काम अलमलिएको छ।

निर्वाचन आयोगमा दल दर्ता हुने समय घर्किंदै जादा जसपा अघि बढ्नुको साटो पछाडि धकेलिन थालेको छ। ऊ एकताअघिकै अवस्थामा पुगेको छ। नेतृत्वको व्यवस्थापन, निर्वाचन प्रणाली र शासकीय स्वरुपमा पार्टीभित्र बहस सुरु भएका छन्।

नेतृत्व व्यवस्थापनदेखि निर्वाचन प्रणाली र शासकीय स्वरुपमा लगायत विषयमा समेत मिलाउँन बाँकी रहेको जसपाका नेता नवराज सुवेदीले स्वीकार गरे।

वैचारिक पक्षलाई लिएर जसपामा तानातान र मतमतान्तर हुन थालेको छ। समाजवादी समुहले पार्टीको विचार ‘समुन्त संघीय समाजवाद’ राख्न जोड गरेको छ भने राजपाले ‘लोकतान्त्रिक समाजवाद’ राख्नुपर्ने मत राखेको छ। ‘हामीले लकडाउनकै अवधिमा एकता गर्‍यौं। सबै उपस्थित भएर दल दर्ता गर्ने स्थिति थिएन’, सुवेदीले भने, ‘पार्टीमा पनि नेतृत्व लगायत अरु विषयमा सहमति गर्न बाँकी भएकाले दर्ता प्रक्रिया ढिला भयो।’

तर जसपाकै नेता राजकिशोर यादवले अरु सबै विषयमा सहमति भए पनि नेतृत्वको व्यवस्थापन मात्रै मिलाउँन बाँकी रहेको बताए। निर्वाचन प्रणाली, शासकीय स्वरुप लगायत विषयलाई महाधिवेसनसम्म टुंगो लगाउने सहमति भएको पूर्व राजपाका नेताहरु बताउँछन्। एकता भइसकेको पार्टी विभाजनतिर जानसक्ने विषयलाई समाजवादी र राजपा दुवै समूहका नेताहरुले भने ठाडै अस्वीकार गर्छन्। पार्टी एकता कसैको लहडमा नभई आवश्यकता र औचित्यका आधारमा गरिएकाले विभाजनतिर जानै नसक्ने सुवेदीको दाबी छ।

दल दर्ता गर्न ४५ दिन नाघे पनि फरक नपर्ने
जसपाले दल दर्ताका लागि गत वैशाख ११ गते निर्वाचन आयोगमा निवेदन दिएको थियो। निवेदन दिएको आज ठ्याक्कै ३८औं दिन पुगेको छ। दल दर्ताको निवेदन दिएको ४५ दिनभित्रै दर्ता गर्नुपर्ने कानुनी प्रावधान भए पनि लकडाउन भएकाले लम्बिन सक्ने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए। ‘अदालतले लकडाउनको समयावधिलाई शून्य समयको रुपमा लिने व्याख्या गरेको छ। हामीले पनि केही निर्णय गर्छौं होला’, श्रेष्ठले भने, ‘जसपा ४५ दिनभित्रै दल दर्ता गर्न नआए पनि कानुनी प्रक्रियामा कुनै समस्या हुँदैन। मिलाउन सकिन्छ।’ 

लकडाउन भएकै कारण जसपाले यसअघि निर्वाचन आयोगमा आफ्नो कागजपत्र जुटाउन नसक्दा रोकिएको थियो।

नेतृत्वको व्यवस्थापनमा बढ्दो किचलो
समाजवादी र राजपाबीच नेतृत्वदेखि पार्टी कमिटी समानताका आधारमा एकता हुने सहमति भएको थियो। सामानताका आधारमा एकता गर्ने भनेरै एकतामा दुवै पार्टीबाट ४/४ जनाले सहमति पत्रमा हस्ताक्षर गरेका थिए। नेतृत्वको विषयलाई लिएर किचलो बढ्दै गएपछि दल दर्ताको विषय समेत लम्बिँदै गएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

नेतृत्वको व्यवस्थापनमा धेरै मोडलमा छलफल भए पनि मुख्य रुपमा चारमा बढी केन्द्रित भएको एक नेताले बताए।

उनका अनुसार, पहिलो मोडलमा पूर्ण अधिकार सहित महन्थ ठाकुरको नेतृत्वमा निर्देशन समन्वय समिति बनाउने भनिएको छ। त्यसमा समाजवादी पार्टीको मोडलकै जस्तै बाबुरामलाई संघीय परिषद अध्यक्ष र उपेन्द्र यादवलाई केन्द्रीय समिति अध्यक्ष बनाउने विषयमा छलफल भएको छ। यस मोडलमा राजपा सहमत देखिन्छ। तर,  समाजवादीले भने महन्थ ठाकुरलाई सेरमोनियल जस्तो मात्रै बनाएर जानुपर्ने मत राखेको छ।

त्यस्तै दोस्रो मोडलमा समाजवादीले महन्थ ठाकुरलाई पार्टीको संयोजक बनाउने, डा बाबुराम भट्टराईलाई संघीय परिषदको अध्यक्ष बनाउने र  उपेन्द्र यादवलाई केन्द्रीय समितिको बनाउने प्रस्ताव गरिएको नेता नवराज सुवेदीले बताए। पहिलो मोडल जस्तै भए पनि राजपा महन्थ ठाकुरलाई अधिकार सहित संयोजक नभई निर्देशन समन्वय समितिको अध्यक्ष बनाउनुपर्ने अडान छ।

तेस्रो मोडलमा अध्यक्ष मण्डलको विषय छ। समझदारी पत्रमा हस्ताक्षर गरेका राजपाका महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरतसिंह भण्डारी तथा समाजवादीका बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठ मध्येबाट ८ जनाको अध्यक्ष मण्डल बनाएर पालैपालो नेतृत्व गर्ने विषयमा छलफल चलेको एक नेताले बताए। तर, यस मोडलमा छलफल भए पनि नेतृत्वमा धेरै जना हुँदा किचलो हुने भन्दै सो बाटो अपनाउन नहुने कतिपय नेताहरुले धारणा राखेका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

चौथो मोडलमा, नेतृत्वमा समाजवादी र राजपाबाट एक-एक जना हुनेगरी केन्द्रीय समितिको अध्यक्षमा महन्थ ठाकुर र संघीय परिषदको अध्यक्षमा बाबुराम भट्टराई तथा उपेन्द्र यादवमध्ये एकजना हुने राजपाले प्रस्ताव राखेको छ। तर, राजपाको यो प्रस्तावमा समाजवादीले अझै जवाफ दिएको छैन।

चौथो मोडलले उपेन्द्र र बाबुराममा द्वन्द्व बढाउने काम गरेको छ। नेतृत्वमा बाबुराम र उपेन्द्रमध्ये एकजना जाने विषयले समाजवादी पार्टीभित्रै किचलो बढाएको छ। नेतृत्वमा को जाने भन्ने विषयलाई लिएर उपेन्द्र र बाबुरामबीच भित्रभित्रै असन्तुष्टि बढेको पार्टी नेताहरु बताउँछन्।

राजपा समूहलाई उपेन्द्रको डर
नयाँ बनेको पार्टी जसपामा उपेन्द्र यादवलाई लिएर पूर्वराजपा झस्किएको छ । चतुर खेलाडीको पहिचान बनाएका उपेन्द्रलाई साइजमै राखेर जानुपर्नेमा राजपा समूहभित्र एक मत देखिएको छ। राजपामा महन्थ ठाकुरपछि राजेन्द्र महतोलाई नेतृत्वको रुपमा हेरिएको छ। यदी उपेन्द्र पार्टीमा हाबी हुँदै गएमा महन्थ र राजेन्द्र दुवै जनालाई किनारामा धकेल्न सक्ने राजपा खेमाको बुझाई छ। अहिले उपेन्द्रभन्दा बाबुरामलाई पार्टीको नेतृत्व तहमा राखेर साइजमा राख्ने राजपाको रणनीति छ। मधेसी समुदायको मुद्दा, विचार नेतृत्वमा उपेन्द्र अब्बल देखिएकाले राजपाले समयमै साइजमा राख्न खोजेको बुझिएको छ।

प्रकाशित मिति: शनिबार, जेठ १७, २०७७  १०:५७
  • #राजपा
  • #समाजवादी
  • #जनता_समाजवादी_पार्टी
  • #जसपा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा उनले सभामुख भीमबहादुर भण्डारीसमक्ष राजीनामा बुझाएका हुन्। बुधबार, असोज २८, २०८३
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ जारी संसदीय सुनुवाइ समितिमा चार देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ जारी रहेको छ। बुधबार, असोज २८, २०८३
सर्वाधिक १७३ मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु बुधबार, असोज २८, २०८३
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ जारी बुधबार, असोज २८, २०८३
विश्व शान्तिको सन्देश फैलाउँदै चर्चित कुकुर ‘अलोका’ नेपालमा बुधबार, असोज २८, २०८३
बेली ब्रिज नबन्दा तुइनबाट दशैँको यात्रा (तस्बिरहरू) बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्