काठमाडौं- इटालियन लिग फुटबल सिरि ए जुन २० मा सुरु गर्न सकिने अनुमित मिलेको इटालीका खेलकुद मन्त्री भिन्सेन्जो पादाफोराले यकिन गरेका छन्। कोरोना भाइरस (कोभिड १९) का कारण सिरि ए गएको मार्च ९ देखि रोकिएको थियो।
१२ चरणको खेल बाँकी रहेको लिगमा अहिले युभेन्टस शीर्ष स्थानमा छ। एक महिनाअघि देखि खेलाडीहरु अभ्यासमा फर्किएका थिए भने यसै हप्ता टिमहरुको सामूहिक अभ्याससमेत सुरु गरिएको छ।
इटालियन फुटबल फेडेरेसनले यसअघि नै लिग सकाउनुपर्ने अन्तिम मिति अगस्ट २० लाई तोकेको थियो। यसैले त्यसैअनुसार तयारी पनि भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।