काठमाडौं- रोकिएको इंग्लिस प्रिमियर लिग फुटबल आउँदो जुन १७ मा सुरु हुने भएको छ। जसमा पहिलो खेल म्यानचेस्टर सिटी र आर्सनल साथै एस्टन भिला र सेफिल्ड युनाइटेडबीच हुने तय भएको छ।
कोरोना भाइरस (कोभिड १९) कारण मार्च १३ देखि रोकिएको प्रिमियर लिगमा सबै टिमको गरेर ९२ खेल खेल्न बाँकी छन्। बन्द रंगशालामा खेलिने सबै खेलहरु टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुनेछन्।
बेलायत सरकारले लिग सुरु गर्ने अनुमति दिए पनि स्वास्थ्य सुरक्षाका सबै उपायहरु अपनाउन भनेको छ। जर्मनमा सुरु भएको बुन्डेस लिगामा जस्तै व्यवस्था प्रिमियर लिगमा पनि अपनाइने देखिन्छ।
अहिलेसम्मको अवस्थामा शीर्ष स्थानमा रहेको लिभरपुलले लिग जित्ने लगभग पक्का छ भने रेलिगेसन जोनमा ब्रोनमाउथ, एस्टन भिला र नरविच सिटी रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।