प्रतीकात्मक फोटो
डडेल्धुरा- डडेल्धुराका अमरगढी नगरपालिका-१० का वडाअध्यक्ष विष्णु भट्टमाथि बिहीबार राति एक सरकारी कर्मचारीले हातपात गरेका छन्।
जिल्लाकै अमरगढी नगरपालिका- १० बुडाली घर भएका र हाल घरेलु विकास कार्यालय डडेल्धुरामा कार्यरत जोगराज ऐरले मदिरा सेवन गरी हातपात गरेको वडाअध्यक्ष विष्णु भट्टले बताए।
आफ्नो वडामा क्वारेन्टाइनमा ७२ जनाको व्यवस्थापन गर्नुपर्ने र विद्यालयको भवनमा मात्रै सम्भव नभएको र रेडक्रसको भवनमा क्वारेन्टाइन व्यवस्थापन गरिरहेको समयमा मदिरा सेवन गरी आएका ऐरले गालि गलौजसहित हातपात गरेको वडाअध्यक्ष भट्टले बताए।
‘जेठ ११ गते पनि विद्यालयमा क्वारेन्टाइन बनाउन लाग्दा ऐरले अवरोध गरेको भट्टको भनाइ छ। हातपात गर्ने ऐर वडा अध्यक्षमा भट्टसँग वडाअध्यक्षमा पराजित व्यक्ति हुन्। ऐरलाई बिहीबार राति नै पक्राउ गरी थुनामा राखिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।