• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

आर्थिक वृद्धिदरको लक्ष्य ७ प्रतिशत, यसअघिका दुईवटै लक्ष्य पुरा भएनन्

उच्च अंकको आर्थिक वृद्धिमा कोरोना बाधक
64x64
अरुण सापकोटा बिहीबार, जेठ १५, २०७७  १९:०९
1140x725

काठमाडौं- आगामी आर्थिक वर्षको आर्थिक वृद्धिदर विगत तीन वर्षको औषत ७ प्रतिशतले हुने लक्ष्य राखिएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्ने क्रममा यदि कोरोनाको प्रभाव न्यून हुँदै गएमा र बजेट कार्यान्वयन भएमा ७ प्रतिशत हुने अनुमान गरिएको हो। 

भूकम्पपछि उच्च अंकले बढिरहेको नेपालको आर्थिक वृद्धिदर कोरोना भाइरसको कारणले धेरै कम हुने देखिएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्दा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ८.५ प्रतिशतको हाराहारीमा हुने अनुमान गरेका थिए। बजेटमा ८.५ प्रतिशतको वृद्धि हुने अनुमान गरिए पनि केन्द्रीय तथ्याङ्क विभागले यस वर्षको आर्थिक वृद्धिदर २.२८ प्रतिशतमा सिमित हुने बताएको छ। कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरिरहेको छ। अझै यसले कहिलेसम्म निरन्तरता पाउने हो टुङ्गो छैन। त्यसैले विभागले गरेको अनुमानभन्दा पनि तल झर्ने विश्लेषण हुँदै आएको छ।  

गत वर्ष नेपालको कुल गार्हस्थ्य उत्पादन ‘जिडिपी’६.३ प्रतिशत थियो। खतिवडाले गएका दुई वर्षमा लिएको लक्ष्य हासिल हुन सकेन। उनले आफ्नो पहिलो बजेटबाट यदि आफ्नो बजेट पूर्ण रुपमा कार्यान्वयन भएमा आर्थिक वृद्धिदर ८ प्रतिशत हुने अनुमान गरेका थिए तर ६.३ प्रतिशतमात्रै हासिल भयो। त्यस्तै दोस्रो बजेट कार्यान्वयन भएको खण्डमा ८.५ प्रतिशत हुने अनुमान गरेता पनि २.२८ प्रतिशत मात्रै हुने आँकलन गरिएको छ।  

चालु आर्थिक वर्ष २०७६/७७ को ६ देखि ८ महिनासम्मका आर्थिक क्षेत्रहरूसँग सम्बन्धित आँकडा तथा सूचनाहरू एवं बाँकी अवधिको विश्वव्यापी महामारी कोभिड–१९ को संक्रमणबाट जोगाउन गरिएको प्रयासबाट आर्थिक क्रियाकलापमा पर्न गएको नकारात्मक असरलाई समेत मध्यनजर गर्दै तथ्याङ्क विभागले आर्थिक वर्ष २०७६/७७ को वस्तु तथा सेवाको उत्पादनको प्रारम्भिक अनुमान र प्राप्त संशोधित तथ्याङ्कका आधारमा विगत आर्थिक वर्ष २०७५/७६ को संशोधित अनुमान समेत प्रकाशित गर्‍यो।

विभागले चालु आर्थिक वर्षका वस्तु तथा सेवाको उत्पादनको अनुमान तथा सूचकहरू तयार गर्दा होटल तथा रेष्टुरेन्ट र अन्तर्राष्ट्रिय यातायात क्षेत्र यसको आर्थिक वर्षको अन्त्यसम्ममा अत्यधिक प्रभावित हुने तथा अन्य क्षेत्रका आर्थिक गतिविधि जेठबाट क्रमशः नियमित हुने विश्वास गरिएको थियो। तर अझै अवस्था सामान्य बन्न सकेको छैन। अझै केही समय यस्तै अवस्थामा रहने देखिन्छ। यसले गर्दा अर्को पटक तथ्याङ्क विभागले गर्नु अनुमान अझ कम हुने निश्चित छ।

स्थिर सरकार भएकाले काम फटाफट हुने र खतिवडाले लिएको लक्ष्य पुरा हुने अर्थशास्त्रीको विश्लेषण पनि फेल खाएको छ। अर्थमन्त्री खतिवडाले यो सरकार पहिलेको जस्तो नभएको र बजेट विनियोजन पहिलेको जस्तै पनि नभएको हुँदा आर्थिक वृद्धिदरको लक्ष्य कुनै हालतमा पुरा गरिछाड्ने दाबी गरेका थिए। गत आर्थिक वर्षको आर्थिक वृद्धिदरको लक्ष्य पुरा भए म मरिदिन्छु भन्ने पूर्व अर्थमन्त्री डा. रामशरण महतको टिप्पणीलाई खतिवडाले 'म उहाँलाई मर्न दिन्न एक कम गरेर भए पनि पुरा गर्छु भन्ने जवाफ दिएका थिए।'

अर्थमन्त्री खतिवडाले ‘यो सरकार पहिलेको जस्तो होइन र बजेट विनियोजन पहिलेको जस्तो छैन’ भन्दै आर्थिक वृद्धिको लक्ष्य कुनै हालतमा पुरा गरिछाड्ने दाबी गरेका थिए।

आर्थिक वर्ष २०३७/३८ मा अहिलेसम्मकै उच्च अंकको आर्थिक वृद्धि भएको पाइन्छ। उक्त वर्ष ८.९ प्रतिशतले आर्थिक वृद्धि भएको थियो। तर उक्त वृद्धिदरले निरन्तरता भने पाउन सकेन। 

Ncell 2
Ncell 2
nimb
nimb

विगत सात वर्षको आर्थिक वृद्धिदरको लक्ष्य र उपलब्धी 

आर्थिकवृद्धिदरको लक्ष्य र उपलब्धी

आर्थिक वर्ष

लक्ष्य

Xtrem

Xtrem

उपलब्धी

२०७६/७७

८.५

(अनुमान)२.२८

२०७५/७६

८

६.३

२०७४/७५

७.२

७.१

२०७३/७४

६.५

६.३

२०७२/७३

६

७.९

२०७१/७२

६

०.६

२०७०/७१

५.५

३.३

विगत २० वर्षको आर्थिक वृद्धिदर  
 

 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७  १९:०९
  • #बजेट_२०७७_७८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। सोमबार, असोज २६, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... सोमबार, असोज २६, २०८३
आज कति पुग्यो डलर ? नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु सोमबार, असोज २६, २०८३
मुगुमा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते सोमबार, असोज २६, २०८३
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो सोमबार, असोज २६, २०८३
जनकपुर चुरोट कारखानामा दाबी पेस गर्न पक्रिया सुरु सोमबार, असोज २६, २०८३
उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
विद्यालयको प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्