काठमाडौं- जर्मन बुन्डेस लिगामा आरबी लाइपजिगले माइन्जलाई ५-० गोलले हराएको छ। जसमा टिमो वेर्नरले ह्याट्रिक गरे। पोउलसेन र साबिट्जरले एक-एक गोल गरे।
जितसँगै २७ खेलमा ५४ अंक रहेको लाइवजिग तेस्रो स्थानमा उक्लिएको छ। शीर्ष स्थानको बायर्न म्युनिकको २७ खेलमा ६१ अंक छ। दोस्रोमा रहेको बोरुसिया डोर्टमुन्डको २७ खेलमा ५७ अंक रहेको छ। २७ खेलमा २७ नै अंक रहेको माइन्ज १५औँ स्थानमा छ।
यस्तै आइतबार राति नै भएको खेलमा साल्केलाई आउग्सबर्गले ३-० ले हरायो। कोल्न र डुसलडोर्फबीचको खेल २-२ को बराबरीमा सकिएको थियो।
कोरोना भाइरस (कोभिड १९) का कारण रोकिएको युरोपियन लिग फुटबलमा सबैभन्दा पहिले सुरु भएको बुन्डेस लिगा नै हो। जहाँ दर्शकबिना बन्द रंगशालामा गरिएको खेलमा स्वास्थ्य सुरक्षाका सबै उपाय अपनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।