काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलका विभिन्न दुई क्लबमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ। रोकिएको सिजन सुरु गर्नुअघिको सामूहिक अभ्यासमा खेलाडीको परीक्षण गरिएको थियो। जसमा संक्रमण भएका नतिजाहरु पनि आइरहेका छन्।
संक्रमण हुनेको नाम गोप्य राखिएको छ भने केही खेलाडी आफैले नाम बाहिर ल्याएका छन्।
गएको हप्ताको मंगलबार, बिहीबार र शुक्रबार खेलाडीहरुको परीक्षण गरिएको थियो। ९९६ जना खेलाडीका साथै क्लबका प्रशिक्षक र पदाधिकारी सबैको परीक्षण भएको हो। जसमा कोरोना देखिएका खेलाडी र पदाधिकारी अहिले सात दिनको आइसोलेसनमा छन्।
गएको मंगलबारदेखि नै क्लबहरुले सामूहिक अभ्यास सुरु गरेका थिए। जसका लागि अनिवार्य परीक्षणको व्यवस्था गरिएको थियो।
प्रिमियर लिग मार्च १३ देखि रोकिएको छ। अब ९२ खेल हुन बाँकी लिग जुनमा सुरु गर्ने गरी तयारी भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।