• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

तयार भयो सदाचार नीति : धर्म परिवर्तन गराउनेलाई फिर्ता पठाउनेदेखि गैससको निगरानी गर्न संयन्त्र बनाउनेसम्म

64x64
नेपाल लाइभ शनिबार, वैशाख १, २०७५  १३:५४
1140x725

काठमाडौं–  सरकारले सबै प्रकारका भ्रष्टाचार र अनियमितता न्युनीकरणका गर्न राष्ट्रिय सदाचार नीति निर्माण गरेको छ। प्रधानमन्त्री कार्यालयको पहलमा निर्माण भएको नीतिको मस्यौदामा धर्म परिर्वतनदेखि नेपालको सूचना सरकारलाई जानकारी नदिई विदेश पठाउने अन्तर्राष्ट्रिय गैरसकारी संस्थाको दर्ता खारेजी गर्नेसम्मको व्यवस्था गरेको छ। 

पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पदलबहालीको पहिलो हस्ताक्षर गरेको नीतिको प्रारम्भिक मस्यौदामा यस्तो व्यवस्था गरिएको छ। 

नेपाल लाइभले प्राप्त गरेको उक्त मस्यौदा नीतिमा सरकारी, गैरसकारी, कूटनीतिक नियोग, अन्तर्राष्ट्रिय गैरसकारी संस्थाले सरकारलाई जानकारी नगराई कुनै पनि प्रतिवेदन अन्य स्थानमा पठाउन रोक लगाइएको छ। पूर्वसचिवहरु शारदाप्रसाद त्रिताल र मोहन बञ्जाडेले मस्यौदा गरेको उक्त नीतिमा नेपालको हित विपरीतको कार्य गरेको पाइएमा पुन: नेपाल आउन नपाउने गरी कुनै पनि संस्था र व्यक्तिलाई तत्काल फिर्ता पठाउने सक्ने उल्लेख छ।

दुवै पूर्वसचिवहरुले पदमा रहँदा आर्थिक र नीतिगत पारदर्शिता देखाएको भन्दै मुख्यसचिव सोमलाल सुवेदीको पहलमा यो कार्यदल बनाइएको थियो। कार्यदलले भ्रष्टाचार नियन्त्रण तथा सदाचार प्रवर्द्धनका लागि भन्दै यो नीतिको मस्यौदा हालका मुख्यसचिव लोकदर्शन रेग्मीलाई बुझाएका छन्। उक्त नीति अर्को संघीय संसदको अधिवेशनमा पेस गर्दै कानुनको रुप दिने तयारीमा केपी ओली शर्मा सरकार रहेको छ। 

सदाचारयुक्त पद्धतिलाई संस्थागत गर्दै सभ्य समाज निर्माण गर्ने र सदाचारितालाई  संस्थाको जीवन पद्धतिको अभिन्न अंग बनाउने दुई वटा लक्ष्य रहेको मस्यौदामा उल्लेख छ। 
 
मस्यौदा नीतिका मुख्य बुँदा

विधायिका पदाधिकारी  
मस्यौदा नीतिमा संघीय, प्रदेश र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले सम्पत्ति विवरण अनिवार्य रुपमा बुझाउनुपर्ने उल्लेख छ। उनीहरुले तलब पाउने अतिरिक्त व्यवसायी काम गर्न नपाउने र पदभार ग्रहण गरेपछि कुनै व्यापार व्यवसाय समेत गर्न नपाउने मस्यौदामा उल्लेख छ।

कुनै व्यवसायी फर्मसँगको सम्बन्धवाट रकम लिन,  कुनै पनि संघ संगठनका लागि बोर्ड सदस्य वा पदाधिकारीको रुपमा तलबी काम गर्न नपाउने मस्यौदामा उल्लेख छ। विदेश भ्रमणमा पनि नीतिले रोक लगाएको छ। 

नीतिमा स्वदेश र विदेश समेत निश्चित दिनभन्दा बढी बस्न नपाउने उल्लेख छ। विधायिकाका पदाधिकारीले विदेशी डिभी वा पिआर लिन नपाउने नीतिमा उल्लेख  छ। यस्तै सेवा अवकाशपछि पनि विदेशी संस्थासँग निश्चित अवधिसम्म सहभागी हुन नपाउने उल्लेख छ।

Ncell 2
Ncell 2
nimb
nimb

नीतिमा राजनीतिक दलका नेताहरुले पनि निर्वाचित वा मनोनयन भएको ६० दिनभित्र सम्पत्ति विवरण दलको कार्यालयमा बुझाउनुपर्ने जनाइएको छ।

गैरसरकारी संस्था 
गैरसरकारी संस्था विदेशी सहयोग लिने र नलिने दुई क्षेत्रमा विभाजन गर्दै दर्ता हुनुपर्ने नीतिमा उल्लेख छ। 

विदेशी सहायता लिने संस्थाहरुले सहयोग लिनुभन्दा पहिले कुन कामका लागि हो सो खुलाई अर्थ मन्त्रालयवाट स्वीकृति लिनुपर्नेछ। कार्यक्रम गर्ने क्षेत्रको स्थानीय तहलाई जानकारी नदिई गर्न नपाउने मस्यौदा नीतिमा उल्लेख छ। 

अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका लागि प्रतिवेदन तयार गरेको भए सम्बन्धित निकायमा बुझाउनुपर्ने र प्रशासनिक खर्चका लागि निश्चित प्रतिशतभन्दा धेरै खर्च गर्न नपाउने, नवीकरण गर्नुपर्ने म्याद नाघेको मितिले तीन महिनापछि खारेज हुने मस्यौदा नीतिमा उल्लेख छ। 

Xtrem

Xtrem

एउटै व्यक्ति दुई कार्यकालभन्दा धेरै बस्न नपाउने मस्यौदा नीतिमा उल्लेख छ। नेपालविरुद्ध अवान्छित लाञ्छना लगाउने, हीन वा द्वेष भावना पैदा गराउने वा घृणा सामग्री तयार गर्ने कुनै अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको पक्षमा पक्षपोषण गर्न नपाउने सदाचार नीतिमा उल्लेख छ। 

त्यसैगरी कुनै विदेशी नागरिक वा विदेशी संस्थाले नेपाल, नेपालको सभ्यता र नेपाल–नेपालीबीचको सद्भावविरुद्ध काम गरेका वा गर्न लागेको जानकारी भएका तत्काल सूचित गर्नुपर्ने उल्लेख छ।
 
अन्तर्राष्ट्रिय गैसस
धर्म परिवर्तन गराउने कार्य कानुनतः दण्डनीय भएकाले विदेशी संस्था वा व्यक्तिले प्रत्यक्ष वा परोक्ष रुपमा धर्म परिर्वतन नगर्ने, नगराउने सपथपत्रमा हस्ताक्षर गरी पेस गर्नुपर्ने मस्यौदा नीतिमा उल्लेख गरिएको छ। 

दूतावास वा विदेशी धार्मिक संस्थाको सहयोगीको रुपमा वा तिनको प्रतिनिधिका लागि काम गर्नेको सम्बन्धन वा दर्ता खारेज हुने तथा अन्तर्राष्ट्रिय गैरसकारी संस्थामा कार्यरत विदेशी व्यक्ति तीन वर्षभन्दा बढी अवधि नेपालमा सो हैसियतमा रहन नपाउने मस्यौदा नीतिमा उल्लेख छ। विदेशी संस्थाहरुले आफैले कुनै पनि परियोजना सञ्चालन गर्न नपाउने तथा नेपाल सरकारको अनुमतिबिना कुनै प्रतिवेदन सिधै आफ्नो देशमा पठाउन नपाउने नीतिमा उल्लेख छ। धर्म परिवर्तन  गराउने काममा प्रत्यक्ष वा परोक्ष रुपमा संलग्न भएको पाइए सम्बन्धन खारेज गर्ने व्यवस्था पनि नीतिमा गरेको छ।
 
कूटनीतिक क्षेत्र 
नेपालस्थित नियोग र पदाधिकारीसँग तथा विदेशस्थित नेपाली कूटनीतिक नियोगका पदाधिकारीले गोप्य वा महत्वपूर्ण सूचना वा जानकारी अन्यलाई नदिने मस्यौदा विधेयकमा उल्लेख छ। नेपालको हितविपरीत कुनै काम गरेको पाइएमा त्यसलाई तत्काल फिर्ता पठाउने र पुन: नेपाल आउन नपाउने सूचीमा राख्ने मस्यौदा नीतिमा उल्लेख छ। 

नेपालका कार्यरत रहेका विदेशी व्यक्ति वा विदेशी गैरसरकारी संस्थाप्रति निगरानी राख्न गृह मन्त्रालयमा छुट्टै संयन्त्र निर्माण गर्नेगरी मस्यौदा तयार पारिएको हो।

संवैधानिक निकाय 
कुनै राजनीतिक दलको सदस्य भएको वा नियमित लेबी बुझाइरहेको व्यक्तिलाई न्यायालय वा संवैधानिक पदमा नियुक्त हुन अयोग्य हुने व्यवस्था गर्ने, संवैधानिक पदमा सिफारिस भएको व्यक्तिले त्यसको घोषणा गर्नुपर्ने मस्यौदा विधेयकमा उल्लेख छ। 

संवैधानिका निकायका व्यक्तिले सरकारको निर्णयबिना विदेश जान नहुने र व्यक्तिगत काममा जानुपर्ने भएका परराष्ट्रलाई जानकारी गराएर मात्र जान पाउने नीतिमा उल्लेख छ। 

शिक्षक तथा प्राध्यापकहरुले राजनीतिक दलको सदस्य बन्ने, लेबी तिर्ने र तिनका भ्रातृ संस्था वा संगठन खोल्न नपाउने गरी नीतिले कडाइ गरेको छ। निजी क्षेत्रले राष्ट्रिय हित प्रवर्द्धन हुने गरी व्यावसायिक कार्य गर्नुपर्ने, कृत्रिम अभाव, सिन्डिकेट सञ्चालन गर्ने र कानुन बमोजिम बुझाउनुपर्ने दस्तुर र कर समयमा बुझाउने नीतिको मस्यौदामा उल्लेख छ। 

सदाचार नीति सार्वजनिक, निजी, सहकारी, गैरसकारी संघसंस्थाका पदाधिकारी र कर्मचारीमा लागू हुनेछ। यसको उल्लंघन गर्ने व्यक्ति वा संस्थालाई कारबाही गर्न छुट्टै नियमहरुको निर्माण हुने मस्यौदा नीतिमा उल्लेख छ। राष्ट्रिय सर्तकता केन्द्रले यसको अनुगमन गर्नेछ।

सदाचार नीतिको मस्यौदाको पूर्ण विवरण

 

प्रकाशित मिति: शनिबार, वैशाख १, २०७५  १३:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार साँझ गृहमन्त्रीको सचिवालयले दाहाललाई आचरण उल्लङ्घन, अनुशासनहीनता र सङ्गठनको मानप्रतिष्ठा एवं छविमा आँच पुर्‍याउने कार्य गरे... शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै प्रजापतिले जिल्ला पार्टीलाई जानकारी नै नदिई सरावगीलाई सदस्यता दिइएको र यसप्रति जिल्लाका पार्टी प... शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको स्थायी कमिटी बैठकमा भण्डारीले यस्तो बताएकी हुन्। शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्