काठमाडौं- स्पेनिस क्लब बार्सिलोनाका प्रशिक्षक क्विके सेटियनले फ्रेन्च क्लब पिएसजीमा रहेका स्ट्राइकर नेमार बार्सिलोना फर्किए आफू खुसी हुने बताएका छन्। गएको वर्ष जस्तै अहिले पनि नेमार बार्सिलोना फर्कने विषय चर्चामा रहेको छ।
‘यदि नेमारलाई प्रशिक्षण दिन पाउने हो भने म खुसी हुनेछु, नेमार विश्वस्तरीय खेलाडी हुन् त्यसमा कसैलाई दुविधा छैन’ सेटियनले भनेका छन्।
नेमार २२२ मिलियन युरोमा २०१७ मा बार्सिलोनाबाट पिएसजी गएपछि नै उनी त्यहाँ लामो समय खुसी हुन सकेका छैनन्। गएको सिजन नै बार्सिलोना आउने उनको प्रयास ठूलो रकमका कारण सफल हुन सकेको थिएन। पिएसजी पनि उनलाई सहजै छाड्ने पक्षमा देखिँदैन।
यहि शैलीमा खेलेर च्याम्पियन्स लिग जित्न नसक्ने कप्तान लियोनल मेस्सीको भनाइमा पनि बहस धेरै भइसकेको सेटियनले बताए। ‘हामीले केही कुराहरुमा सुधार गर्नुपर्छ र हामी च्याम्पियन्स लिग जित्न सक्षम हुनेछौँ भन्नेमा विश्वास गरिरहेका छौँ’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।