भैरहवा- रुपन्देही क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य घनश्याम भुसालले भैरहवामा संसदीय सम्पर्क कार्यालय स्थापना गरेका छन्। जनताका गुनासो, विकास निर्माण र सुशासनसँग सम्बन्धित काम तथा मतदातासँग सहज ढङ्गको भेटघाटका लागि कार्यालय स्थापना गरिएको उनले बताए।
भैरहवाको अन्नपूर्ण टोलमा स्थापना भएको कार्यालयको भुसाल आफैले उद्घाटन गरे।
कार्यालय उद्घाटन गर्दै एमाले उपमहासचिव समेत रहेका भुसालले जनताका दैनिक समस्या समाधान गर्न सम्पर्क कार्यालयको भूमिका रहने बताउँदै अब छिट्टै रुपन्देही क्षेत्र नम्बर ३ ख मा र काठमाडौंमा पनि सम्पर्क कार्यालय स्थापना गरी जनताको गुनासो सुनेर आर्थिक समृद्धि र विकाससहित अगाडि बढ्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।