काठमाडौं- काठमाडौंको नागढुंगामा बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीमाथि दुर्व्यवहार गर्ने उत्तम कार्की १० हजार धरौटीमा रिहा भएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई १० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो।
यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीमाथि अनुसन्धान गर्नका लागि थप पाँच दिनको म्याद जारी गरेको थियो।
आफूमाथि दुर्व्यवहार भएको भन्दै डा कार्कीले सोमबार महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका थिए। तर उनले उजुरी दिनुअघि आइतबार नै कार्की पक्राउ परिसकेका थिए।
काठमाडौं आउने क्रममा आफूमाथि नागढुंगामा दुव्यर्वहार भएको भन्दै उनले युवक उत्तम कार्कीविरुद्ध जाहेरी दिएका थिए। गत शुक्रबार अत्यावश्यक कामले काठमाडौं आउँदा उनीमाथि नागढुंगामा दुर्व्यवहार भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।