• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस २९, २०८२ Tue, Jan 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

१० खर्बको लगानी रहेको यातायात क्षेत्रले लकडाउनमा के गुमायो?

४ लाख सार्वजनिक सवारी, ३५ अर्ब बढी गुमाएको अनुमान  
64x64
शिव बोहरा बिहीबार, जेठ ८, २०७७  १३:४५
1140x725

काठमाडौं- कोरोना भाइरस (कोभिड १९) का कारण देश गत चैत ११ देखि लकडाउनमा छ। यसबाट हरेक क्षेध समस्यामा छन्। सबैमा सानो/ठूलो प्रभाव देखिइरहेका छन् भने प्रभावको पारो बढ्दो क्रममा छ। तर खर्बौं लगानी रहेको सार्वजनिक यातायात  क्षेत्रले के कस्तो क्षति बेहोर्यो भन्ने विषयमा न सरकारले चासो दिएको छ न त गुमाउनेहरुले नै। 

हाल नेपालमा साना/ठूला गरि करिब ४ लाख सार्वजनिक सवारी सञ्चालनमा रहेको छन्। यो यातायात व्यवस्था विभागको तथ्यांक अनुसार हो। यातयातका साधन हरेक कुरालाई एक ठाउँबाट अर्को ठाउँमा पुर्याउने महत्वपूर्ण मोबिलिटीको साधन हो। तर नेपालको सार्वजनिक यातायातमा सरकारको शून्यप्रायः उपस्थिति हुँदा सबै निजी क्षेत्रबाट नै सञ्चालित रहेको छ। 

दुई वर्षअघि सार्वजनिक यातायातको सिन्डिकेट अन्त्य गर्ने भन्दै यातायात समिति खारेज गरि कम्पनीमा लैजाने निर्णय भयो। समितिहरु संस्था दर्ता ऐन अनुसार दर्ता भएकाले त्यस्ता समितिहरुको सम्पत्ति राष्ट्रियकरण गर्ने उद्घोष सरकारले गर्यो। तर समयक्रमसँगै सरकारले रोक्का गरेको बैंक खाता खुलाउनुका साथै सम्पत्ति कम्पनीकै नाममा हस्तान्तरण गर्ने निर्णय गरिदियो। त्यसयता अपेक्षित सुधार नभए पनि सार्वजनिक यातायात कम्पनीमा दर्ता भएर सञ्चालन भइरहेका छन्। 

त्यस्तैमा कोरोना भाइरसका कारण उत्पन्न लकडाउने सार्वजनिक यातायात ठप्प छ। यो क्षेत्रमा करिब १० खर्ब रुपैयाँ लगानी रहेको अनुमान गरिन्छ। तर हालसम्म कति लगानी भएको छ भन्ने अध्ययन न सरकारले गरेको छ न त सरोकारवाला यातायात व्यवसायीले नै। लकडाउनमा यति धेरै लगानी रहेको क्षेत्रले कति गुमायो वा क्षति बेहोर्यो भन्ने बारेमा यातायात व्यवसायीहरुले नै चासो देखाएका छैनन्। गुमाएको हिसाब गर्नुपूर्व आम्दानीको हिसाब हुने भएकाले व्यवसायीहरुले त्यता तर्फ चासो नदिएको अनौपचारिक कुरा गर्दा व्यवसायीका नेताहरुले नै भन्ने गरेका छन्। 

करिब दुई महिनाको लकडाउनमा सार्वजनिक यातायातको क्षेत्रले करिब ३५ अर्ब भन्दा बढीको खुद आम्दानी गुमाएको अनुमान गरिएको छ। सार्वजनिक यातायातले सृजना गर्ने स्पेयर पार्टस्लगायतलाई पनि समेट्ने हो भने यो क्षेत्रले ४० अर्ब रुपैयाँभन्दा बढी खुद आम्दानी गुमाएको अनुमान छ। तर यातायात व्यवसायीहरु यस क्षेत्रले गुमाएको विषय अध्ययन गर्न र वास्तविक अवस्था पत्ता लगाउन भन्दा बिमाको प्रिमियम छुट गराउन र बैंक तथा वित्तिय संस्थामा तिर्नुपर्ने किस्ताको समयावधी बढाउनमै केन्द्रित देखिएका छन्। 

बिमा समितिले यातायात व्यवसायीको माग अनुसार नै मंगलबार सार्वजनिक सवारीको बिमा प्रिमियममा दुई तिहाइसम्म छुट दिने व्यवस्था मिलाउन निर्देशन दिइसकेको छ। अब व्यवसायीहरुको एक सूत्रिय माग बैंक तथा वित्तिय संस्थाबाट लिइएको ऋणको किस्ता तिर्ने अवधि लम्ब्याउनु पर्ने भन्ने छ। यसका लागि व्यवसायीहरुले गृहप्रशासनदेखि सरोकारवाला निकायहरुलाई घचघच्याइ रहेका छन्।

Ncell 2
Ncell 2

 

१० लाखभन्दा बढी प्रत्यक्ष रोजगारी

नेपालको सार्वजनिक यातायातको क्षेत्रमा १० लाख भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको अनुमान छ। हलसम्म कुनैपनि निकायले सार्वजनिक यातायातको योगदानको बारेमा अध्ययन नगरेकाले रोजगारीको पनि आधिकारिक तथ्यांक भने छैन। सामान्य हिसाबले गणना गर्दा पनि ४ लाख सवारीमा दुई जनाका दरले चालक र सहचालक हुँदा ८ लाख र काउन्टर, प्रालिका कार्यालयलगायतमा २ लाखले रोजगारी पाएको अनुमान गर्न सकिन्छ। अप्रत्यक्ष रोजगारीको हिसाब गर्ने हो भने संख्या निक्कै ठूलो आउनेछ। 

यातायात क्षेत्रमा कार्यरतहरुबाट करिब ४० लाख परिवार प्रत्यक्ष लाभान्वित भएको अनुमान छ। औषतमा ४ जनाको परिवार हिसाब गर्दा यो क्षेत्रबाट उक्त संख्यामा मानिसहरु आश्रित रहेको छन्। उद्योग व्यवसाय, होटल क्षेत्र तथा पर्यटनका अन्य क्षेत्रले परेको प्रभाव र सरकारले गर्नुपर्ने दायित्वको विषयमा छलफल तथा दाबी प्रस्तुत गरिसकेका छन्। तर यातायात व्यवसायीहरु भने यो विषयमा मौन छन्।

अब कसरी चल्छ सार्वजनिक यातायात
लकडाउन दीर्घकालिन नभएकाले एक न एक दिन यो अन्त्य हुन्छ नै। तर कोभिड १९ को औषधि पत्ता नलागेसम्म सुरक्षा र सावधानी अपनाउनु अनिवार्य छ। यस्तो अवस्थामा सार्वजनिक यातायात कसरी सञ्चालन गर्ने त? यातायात व्यवस्था विभागले यसबारेमा एउटा खाका बनाएर सरोकारवालाहरुसँग छलफल गरिरहेको छ। 

अवस्था सामान्य उन्मुख भए पनि मध्यमार्गी बाटो अपनाएर सार्वजनिक यातायात सञ्चालन गर्न सकिने गरि विभागले गृहकार्य गरिरकेको महानिर्देशक गोगनबहादुर हमालले बताए। ‘हामीले संक्रमण कम हुने गरि सार्वजनिक सवारीमा समाजिक दुरी कायम गर्दै चलाउन सकिने विषयमा छलफल गरिरहेका छौं,’ उनले भने, ‘सबै राय समेटरे एउटा निष्कर्षमा पुग्छौं।’  

सार्वजनिक यातायातको क्षेत्र अरुले माग गरेको आधारमा चल्छ। सेवा दिनेका तर्फबाट मागभन्दा बढी पूर्तिमा आधारित हुन्छ। सरकारले लकडाउन केही खुकुलो बनाएपछि मात्र हो सार्वजनिक यातायातको माग हुने। विभागले सो समयमा कसरी सार्वजनिक यातायातलाई सुरक्षित र व्यवस्थित बनाउने भनेर काम गरिरहेको हमालले बताए।

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०७७  १३:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
यामाहाले गर्यो विशेष अफरहरू सहितको ‘यामाहा मेगा सर्भिस क्याम्प’ क्याम्प यहि फागुन १८ देखि २४ गतेसम्म देशभरका सबै यामाहा सेवा केन्द्रहरूमा आयोजना भएको छ । जसमा देशभरका यामाहा चालकहरूका लागि एक रोमा... मंगलबार, फागुन २०, २०८१
चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि चालु आवको भदौ मसान्तसम्ममा वीरगञ्ज नाका हुँदै रु ४२ करोड ४० लाख दुई हजार मूल्यपर्ने दुई सय ३० वटा जिप, कार र भ्यान आयात भएको छ। आव २... बुधबार, असोज ९, २०८१
नाडा अटो सो: 'ब्रम्बी' गाडीमा विशेष छुट, डाक्टर र स्वास्थ्यकर्मीलाई थप अफर बीएडब्लुले बजारमा ल्याएको ब्रम्बी विद्युतीय गाडीमा नाडा ओटो सो अवधिभर गाडी बुकिङ गर्ने सबैलाई छुटको अवसर दिइएको छ। यसका साथै नेपाली... शुक्रबार, भदौ १४, २०८१
ताजा समाचारसबै
विशेष महाधिवेशन :  साढे ७ बजेसम्म उम्मेदवारी दर्ता, आज मतदान नहुने मंगलबार, पुस २९, २०८२
मन्त्रिपरिषद्का १९ निर्णय सार्वजनिक (सूचीसहित) मंगलबार, पुस २९, २०८२
केन्द्रीय समिति बैठक अझै सुरु भएन,शीर्ष नेता छुट्टै छलफलमा मंगलबार, पुस २९, २०८२
पाँच अंकले बढ्यो नेप्से मंगलबार, पुस २९, २०८२
विशेष महाधिवेशनको मतदाता सूचीबाट राष्ट्रपतिको नाम हटाउन शीतल निवासको अनुरोध मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
बालेन केपी ओलीसँग भिड्ने निश्चित, माघ ४ गते राजीनामा दिने सोमबार, पुस २८, २०८२
देउवासँग छलफल गर्न महाराजगञ्ज पुगे शेखरसहित नेता सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्