Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

१० खर्बको लगानी रहेको यातायात क्षेत्रले लकडाउनमा के गुमायो?

४ लाख सार्वजनिक सवारी, ३५ अर्ब बढी गुमाएको अनुमान  
64x64
शिव बोहरा बिहीबार, जेठ ८, २०७७  १३:४५
1140x725

काठमाडौं- कोरोना भाइरस (कोभिड १९) का कारण देश गत चैत ११ देखि लकडाउनमा छ। यसबाट हरेक क्षेध समस्यामा छन्। सबैमा सानो/ठूलो प्रभाव देखिइरहेका छन् भने प्रभावको पारो बढ्दो क्रममा छ। तर खर्बौं लगानी रहेको सार्वजनिक यातायात  क्षेत्रले के कस्तो क्षति बेहोर्यो भन्ने विषयमा न सरकारले चासो दिएको छ न त गुमाउनेहरुले नै। 

हाल नेपालमा साना/ठूला गरि करिब ४ लाख सार्वजनिक सवारी सञ्चालनमा रहेको छन्। यो यातायात व्यवस्था विभागको तथ्यांक अनुसार हो। यातयातका साधन हरेक कुरालाई एक ठाउँबाट अर्को ठाउँमा पुर्याउने महत्वपूर्ण मोबिलिटीको साधन हो। तर नेपालको सार्वजनिक यातायातमा सरकारको शून्यप्रायः उपस्थिति हुँदा सबै निजी क्षेत्रबाट नै सञ्चालित रहेको छ। 

दुई वर्षअघि सार्वजनिक यातायातको सिन्डिकेट अन्त्य गर्ने भन्दै यातायात समिति खारेज गरि कम्पनीमा लैजाने निर्णय भयो। समितिहरु संस्था दर्ता ऐन अनुसार दर्ता भएकाले त्यस्ता समितिहरुको सम्पत्ति राष्ट्रियकरण गर्ने उद्घोष सरकारले गर्यो। तर समयक्रमसँगै सरकारले रोक्का गरेको बैंक खाता खुलाउनुका साथै सम्पत्ति कम्पनीकै नाममा हस्तान्तरण गर्ने निर्णय गरिदियो। त्यसयता अपेक्षित सुधार नभए पनि सार्वजनिक यातायात कम्पनीमा दर्ता भएर सञ्चालन भइरहेका छन्। 

त्यस्तैमा कोरोना भाइरसका कारण उत्पन्न लकडाउने सार्वजनिक यातायात ठप्प छ। यो क्षेत्रमा करिब १० खर्ब रुपैयाँ लगानी रहेको अनुमान गरिन्छ। तर हालसम्म कति लगानी भएको छ भन्ने अध्ययन न सरकारले गरेको छ न त सरोकारवाला यातायात व्यवसायीले नै। लकडाउनमा यति धेरै लगानी रहेको क्षेत्रले कति गुमायो वा क्षति बेहोर्यो भन्ने बारेमा यातायात व्यवसायीहरुले नै चासो देखाएका छैनन्। गुमाएको हिसाब गर्नुपूर्व आम्दानीको हिसाब हुने भएकाले व्यवसायीहरुले त्यता तर्फ चासो नदिएको अनौपचारिक कुरा गर्दा व्यवसायीका नेताहरुले नै भन्ने गरेका छन्। 

करिब दुई महिनाको लकडाउनमा सार्वजनिक यातायातको क्षेत्रले करिब ३५ अर्ब भन्दा बढीको खुद आम्दानी गुमाएको अनुमान गरिएको छ। सार्वजनिक यातायातले सृजना गर्ने स्पेयर पार्टस्लगायतलाई पनि समेट्ने हो भने यो क्षेत्रले ४० अर्ब रुपैयाँभन्दा बढी खुद आम्दानी गुमाएको अनुमान छ। तर यातायात व्यवसायीहरु यस क्षेत्रले गुमाएको विषय अध्ययन गर्न र वास्तविक अवस्था पत्ता लगाउन भन्दा बिमाको प्रिमियम छुट गराउन र बैंक तथा वित्तिय संस्थामा तिर्नुपर्ने किस्ताको समयावधी बढाउनमै केन्द्रित देखिएका छन्। 

बिमा समितिले यातायात व्यवसायीको माग अनुसार नै मंगलबार सार्वजनिक सवारीको बिमा प्रिमियममा दुई तिहाइसम्म छुट दिने व्यवस्था मिलाउन निर्देशन दिइसकेको छ। अब व्यवसायीहरुको एक सूत्रिय माग बैंक तथा वित्तिय संस्थाबाट लिइएको ऋणको किस्ता तिर्ने अवधि लम्ब्याउनु पर्ने भन्ने छ। यसका लागि व्यवसायीहरुले गृहप्रशासनदेखि सरोकारवाला निकायहरुलाई घचघच्याइ रहेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

 

१० लाखभन्दा बढी प्रत्यक्ष रोजगारी

नेपालको सार्वजनिक यातायातको क्षेत्रमा १० लाख भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको अनुमान छ। हलसम्म कुनैपनि निकायले सार्वजनिक यातायातको योगदानको बारेमा अध्ययन नगरेकाले रोजगारीको पनि आधिकारिक तथ्यांक भने छैन। सामान्य हिसाबले गणना गर्दा पनि ४ लाख सवारीमा दुई जनाका दरले चालक र सहचालक हुँदा ८ लाख र काउन्टर, प्रालिका कार्यालयलगायतमा २ लाखले रोजगारी पाएको अनुमान गर्न सकिन्छ। अप्रत्यक्ष रोजगारीको हिसाब गर्ने हो भने संख्या निक्कै ठूलो आउनेछ। 

यातायात क्षेत्रमा कार्यरतहरुबाट करिब ४० लाख परिवार प्रत्यक्ष लाभान्वित भएको अनुमान छ। औषतमा ४ जनाको परिवार हिसाब गर्दा यो क्षेत्रबाट उक्त संख्यामा मानिसहरु आश्रित रहेको छन्। उद्योग व्यवसाय, होटल क्षेत्र तथा पर्यटनका अन्य क्षेत्रले परेको प्रभाव र सरकारले गर्नुपर्ने दायित्वको विषयमा छलफल तथा दाबी प्रस्तुत गरिसकेका छन्। तर यातायात व्यवसायीहरु भने यो विषयमा मौन छन्।

Xtrem

Xtrem

अब कसरी चल्छ सार्वजनिक यातायात
लकडाउन दीर्घकालिन नभएकाले एक न एक दिन यो अन्त्य हुन्छ नै। तर कोभिड १९ को औषधि पत्ता नलागेसम्म सुरक्षा र सावधानी अपनाउनु अनिवार्य छ। यस्तो अवस्थामा सार्वजनिक यातायात कसरी सञ्चालन गर्ने त? यातायात व्यवस्था विभागले यसबारेमा एउटा खाका बनाएर सरोकारवालाहरुसँग छलफल गरिरहेको छ। 

अवस्था सामान्य उन्मुख भए पनि मध्यमार्गी बाटो अपनाएर सार्वजनिक यातायात सञ्चालन गर्न सकिने गरि विभागले गृहकार्य गरिरकेको महानिर्देशक गोगनबहादुर हमालले बताए। ‘हामीले संक्रमण कम हुने गरि सार्वजनिक सवारीमा समाजिक दुरी कायम गर्दै चलाउन सकिने विषयमा छलफल गरिरहेका छौं,’ उनले भने, ‘सबै राय समेटरे एउटा निष्कर्षमा पुग्छौं।’  

सार्वजनिक यातायातको क्षेत्र अरुले माग गरेको आधारमा चल्छ। सेवा दिनेका तर्फबाट मागभन्दा बढी पूर्तिमा आधारित हुन्छ। सरकारले लकडाउन केही खुकुलो बनाएपछि मात्र हो सार्वजनिक यातायातको माग हुने। विभागले सो समयमा कसरी सार्वजनिक यातायातलाई सुरक्षित र व्यवस्थित बनाउने भनेर काम गरिरहेको हमालले बताए।

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०७७  १३:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं, आशाको सुरुवात’ योजना ल्याएको हो। योजनाअन्तर्गत नयाँ होण्डा ब... मंगलबार, असोज १३, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड कम्पनीका अनुसार यस उपलब्धिले विश्वव्यापी पहिरनयोग्य प्रविधिको बजारमा हुवावेको स्थान थप बलियो बनाएको छ। नयाँ प्रविधिको विकास र विभिन्... आइतबार, असोज ४, २०८३
नयाँ टियागो ईभीमा ‘जोयफुल विक’ अफर, ४.३ लाख डाउनपेमेन्टमै गाडी लैजान सकिने सेप्टेम्बर १९ देखि २६ सम्म सञ्चालन हुने अभियानमा ग्राहकले ४.३ लाख रुपैयाँ डाउनपेमेन्ट गरेर नयाँ टियागो ईभी घर लैजान सक्ने कम्पनीले ज... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
बाढी र पहिरोले रसुवा, मनाङ र म्याग्दीका तीन सडकखण्ड पूर्ण अवरुद्ध बिहीबार, असोज २२, २०८३
मतदाता सूची विवादविरुद्ध प्रदर्शन गर्दा राहुल गान्धी पक्राउ बिहीबार, असोज २२, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४५७ जनाको शव फेला बिहीबार, असोज २२, २०८३
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दै २९७ सदस्यीय कार्यसमिति बिहीबार, असोज २२, २०८३
कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगनले भने– अब पार्टीको रेल अगाडि बढ्यो बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
ठूलाे संख्यामा उपसचिवकाे सरूवा, काे कहाँ (नामावलीसहित) बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्