काठमाडौं- इटालियन लिग फुटबल सिरि ए अगस्ट २० सम्म सकाइसक्नुपर्ने गरी मिति तोकिएको छ। नयाँ सिजन सेप्टेम्बर १ देखि सुरु हुने गरी अगस्ट २० सम्म अहिले रोकिएका खेल सकाउनुपर्ने इटाली फुटबल फेडेरेसनले बताएको हो।
मार्चको मध्यतिर कोरोना भाइरस (कोभिड १९) का कारण यो सिजन रोकिएको थियो। जहाँ सिरि ए मा अझै हरेक टिमले १२ खेल खेल्न बाँकी नै छ।
सिरि ए र सिरि बी खेलेर सकाउन सकिने आधारहरु देखिए पनि सिरि सी मा रहेका ६० क्लबका कारण खेलेरै लिग सकाउन मुस्किल देखिन्छ।
कोरोना भाइरस (कोभिड १९) का कारण खेल गतिविधि ठप्प रहेका कतिपय देशले खेल सुरु गरिसकेका छन्। कतिपयले भने शीर्षमा रहेको टिमलाई विजेता बनाउँर्द लिग सकिएको घोषणा गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।