• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

सहकर्मीमा कोरोना देखिएपछि सुरक्षाकर्मीमा त्रास, ब्यारेकदेखि अदालतसम्म सन्त्रास

संक्रमित सुरक्षाकर्मीको संख्या १३
64x64
नारायण अधिकारी बिहीबार, जेठ ८, २०७७  १०:४४
1140x725

काठमाडौं- कोरोना भाइरस (कोभिड-१९) को जाँचका लागि स्वाब दिएका महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरीमध्ये दुई जनामा कोरोना पोजेटिभ देखियो।

स्वास्थ्य मन्त्रालयले गर्ने नियमित ‘प्रेस मिटिङ’ काठमाडौं उपत्यकामा ३ जना कोराना संक्रमित ३ जना थप भएको बताइएको थियो। तीमध्ये दुई जना कालिमाटीका प्रहरी थिए।

महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी नायव निरीक्षक (सई) र जवानमाा कोरोना पोजेटिभ देखिएको थियो।

मन्त्रालयबाट उक्त जानकारी आएपछि कालिमाटी वृत्तका प्रहरी सतर्क भएसँगसँगै एक किसिमको डरसमेत पैदा भएको थियो। ‘हामी ब्यारेकमा सँगै बस्छौं। एकअर्कालाई टच पनि भइहाल्छ। सँगैका सहकर्मीलाई कोरोना पोजेटिभ देखियो भनेपछि अलिअलि डर त भैहाल्छ नि’, वृत्तका प्रहरी नायव उपरीक्षक (डिएसपी) रुगम कुँवर भन्छन्, ‘त्यहाँमाथि अघिल्लो रात सँगै खाना खाएका थियौं।’

ब्यारेकमा सँगै बस्ने, सँगै खाने, ड्युटी समेत सँगै हुने भएकाले सुरक्षाकर्मी एक जनामा कोरोना पोजेटिभ देखिने बित्तिकै त्यसको असर ठूलो रुपमा पर्न जान्छ।

कोरोना पोजेटिभ देखिएपछि कालिमाटी वृत्त, महिला सेल, महानगरीय ट्राफिक प्रभागसम्मलाई सिल गर्नु परेको थियो। त्यतिमात्र होइन, वृत्त मातहतका सम्बन्धित युनिटका प्रहरीसँग कोरोना पोजेटिभ देखिएका प्रहरी अत्यावश्यक कामले भेटघाट भइरहने भएकाले ती प्रहरी इकाइ समेत सिल गरियो। त्योसँगै प्रहरीले भाडामा बस्ने घर समेत सिल गर्नु परेको थियो।

‘झट्टा हेर्दा दुई जना प्रहरीमा त कोरोना लागेको हो नि भनेजस्तो देखिन्छ। तर यसको असर ठूुलो छ,’ महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी विश्वराज पोखरेल भन्छन्, ‘दुई जनामा कोरोना देखियो भनेका कार्यालयका अन्य प्रहरी समेत परिचालन गर्नसक्ने अवस्था तत्काल छैन।’

दुई जना प्रहरीमा कोरोना देखिएपछि वृत्त र मातहतका गरेर २ सयभन्दा बढी प्रहरी कर्मचारी अहिले सिल छन्। उनीहरुको कोरोना परीक्षण गर्ने तयारी भइरहेको छ।

nimb
nimb
Ncell 2
Ncell 2

यतिमात्रै होइन, सुरक्षाकर्मीमा कोरोना देखिएपछि यसको त्रास ब्यारेकदेखि अदालतसम्म पुगेको छ। बाराका एक प्रहरीमा कोराना देखिएको थियो। ती प्रहरी भने मुद्दा शाखामा कार्यरत थिए। सर्वधारणको सम्पर्कदेखि सरकारी वकिल र अदालतसम्मै उनको सम्पर्क हुने भएपछि अदालतसम्म त्रास फैलिनु स्वभाविक नै हो।

बाराका ती प्रहरी जवान म्याद थपका लागि एक अभियुक्त लिएर अदालसम्म पुगेको पाइएपछि जिल्ला अदालत बारासमेत त्रास फैलिएको थियो।

आरोपितसहित आएका प्रहरीलाई कोरोना परीक्षण गराएर पेस गर्नू भनी फर्काइएको थियो। अघिल्लो हप्ताको बुधबार न्यायाधीशद्वय रोशन गजुरेल र खिलनाथ रेग्मीको इजलासमा उनीहरुको मुद्दा पेस हुँदै थियो। विभिन्न आरोपमा पक्राउ परेका केही अभियुक्त लिएर ती प्रहरी जिल्ला अदालतको मुद्दा फाँटमा पुगेका थिए। फाँटमा आरोपितहरुको मात्र कोरोना परीक्षणको रिपोर्ट पेस गरेपछि फाँटका कर्मचारीले प्रहरीको पनि परीक्षण गरेर पेस गर्न भन्दै फर्काएका थिए।

‘सधैं मुद्दा ल्याउने प्रहरी भएकाले सहज रुपमा उनलाई सबैको परीक्षण गरेर ल्याउन भनेका थियौँ,’ अदालतका स्रेस्तेदार कौशलेश्वर ज्ञवालीले नेपाल लाइभसँग भने, ‘तर उनमा पोजेटिभ भएको पाइएको छ। सुरुमा र्‍यापिड टेस्ट गरिएको थियो। पछि पिसिआरमा पनि पोजेटिभ पाइएपछि अदालतमा त्रास फैलिएको हो।’ 

कहाँ कति सुरक्षाकर्मी कोरोना संक्रमित?
कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणको फ्रन्टलाइनमा खटिएका १३ सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। बिहीबार बिहानसम्मको तथ्यांकअनुसार कोरोना संक्रमित ४४४ जनामध्ये १३ जना सुरक्षाकर्मी रहेका छन्।

जसमा महानगरीय प्रहरी वृत्त कालिमाटी, काठमाडौंका एक सई र एक जवान, कपिलवस्तुमा कार्यरत एक सई र एक हवल्दार, बारामा एक जवान र धनकुटामा एक गरी ६ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

तीमध्ये कालिमाटीका दुई जनाको सशस्त्र प्रहरी बलको बलम्बु अस्पतालमा उपचार भइरहेको छ भने बाँकीको सम्बन्धित जिल्लामै उपचार भइरहेको डिआइजी शाहीले नेपाल लाइभलाई जानकारी दिए।

सशस्त्र प्रहरी बलका ४ जना सुरक्षाकर्मीमा कोरोना भाइरस पोजेटिभ देखिएको सशस्त्रका प्रवक्ता डिआइजी प्रवीणकुमार श्रेष्ठले बताएका छन्।
जसमध्ये पूर्वगृहमन्त्री समेत रहेका नेकपा नेता भीम रावलका सुरक्षागार्ड एक जवान, कपिलवस्तुमा कार्यरत सशस्त्रका सई, सुनसरीमा कार्यरत जवान र सशस्त्र प्रहरी अस्पताल बलम्बुमै कार्यरत एक हवल्दार गरी ४ जनामा कोरोना भाइरस देखिएको छ। 

त्यस्तै नेपाल आर्मीको मध्यपृतना महोत्तरीमा कार्यरत सेनाका एक उच्च अधिकारी र एक जवानमा कोरोना पोजेटिभ देखिएको छ। कोरोना पोजेटिभ देखिएका जवान स्वाब संकलनमा संलग्न थिए। उनीहरु दुवै जनाको सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचार भइरहेको छ। 

सूचना संकलनको मुख्य जिम्मेवारी पाएको राष्ट्रिय अनुसन्धान विभागका एक कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ। कपिलवस्तुमा कार्यरत विभागका सईमा कोरोना संक्रमण देखिएको हो। यसरी चारै सुरक्षा निकायका गरी अहिलेसम्म १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। 

प्रहरी परिचालनको संख्या घटाइँदै
सुरक्षा निकायमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि प्रहरी परिचालनको संख्या घटाउने समेत तयारी भएको छ। ‘नियमित सुरक्षाका लागि चाहिने प्रहरी त खटाउनै पर्‍यो। त्यसबाहेक आवश्यकता अनुसार सम्बन्धित कार्यालयले घटाएर परिचालन गर्न सक्छन्,’ प्रवक्ता शाहीले भने।

यता उपत्यका समेत लकडाउन कार्यान्वयन गराउन परिचालित हुने प्रहरीको संख्या कम गराउने तयारी भएको छ। महानगरीय प्रहरी कार्यालय रानिपोखरीका प्रमुख डिआइजी विश्वराज पोखरेलले प्रहरी परिचालनको संख्या घटाउन लागिएको बताए। 

उनका अनुसार पछिल्लो समय उपत्यका लकडाउन स्वतःफुर्त रुपमा कार्यान्वयन हुन थालेपछि प्रहरी परिचालनको संख्या घटाउन लागिएको हो।
अहिले दैनिक उपत्काका तीन जिल्लामा गरेर ६ हजार प्रहरी परिचालन हुँदै आएका छन्। 

स्रोतका अनसार कोरोनाको संक्रमण बढ्दै जानु र सुरक्षाकर्मी नै जोखिममा बढ्न थालेपछि प्रहरी परिचालनको संख्या कम गर्न लागिएको हो। 

उच्च सतर्कता अपनाउन हेडक्वाटरको निर्देशन
प्रहरी प्रधान कार्यालयले बुधबार ७७ वटै जिल्ला प्रहरी प्रहरी कार्यालयलाई उच्च सर्तकता अपनाएर सुरक्षित तवरले काम गर्न भन्दै निर्देशन समेत दिएको छ।  

कोरोना भाइरस संक्रमण देखिएपछि सबै सुरक्षा निकायले उच्च सर्तकता अपनाउन थालेका छन्। बिदाबाट फर्केकाहरुलाई सेल्फ क्वारेन्टाइनमा राख्नेदेखि फिल्डमा खटिँदा उच्च सर्तकता अपनाएर काम गर्न निर्देशन दिइएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी निरज शाहीले जानकारी दिए।

बिदाबाट फर्केका सुरक्षाकर्मीको कोरोना जाँच गरेर मात्रै ब्यारेक प्रवेश गराइएको छ। पूर्वगृहमन्त्री भीम रावलका पिएसओ सशस्त्रका जवान बिदाबाट फर्केपछि जाँच गराउँदा कोरोना देखिएको थियो। बिदाबाट फर्केकाले जाँच गराइहालेकाले अन्य सुरक्षाकर्मीमा कोरोना संक्रमण फैलन पाएको थिएन। 

कोरोनाको संक्रमणबाट बच्नका लागि प्रहरी प्रधान कार्यालयले आन्तरिक तयारी तीव्र बनाएको र मातहतका सबै इकाइलाई सतर्कता अपनाउन निर्देशन पनि दिइसकेको छ। यसअघि नै प्रहरी प्रधान कार्यालयले तालिम केन्द्रहरुले दिने गरेको डे र नाइट‚ घन्टे आउटजस्ता बिदा समेत अहिले कटौती गरिएको छ।

कोरोनाको अर्को उच्च जोखिममा ट्राफिक प्रहरी पनि छन्। उनीहरुलाई सकेसम्म पिपिई लगाएर मात्रै फिल्डमा खटाउन थालिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०७७  १०:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? बुधबार, भदौ १०, २०८३
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो? बुधबार, भदौ १०, २०८३
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन बुधबार, भदौ १०, २०८३
भारतले पठायो नेपाललाई १० टन मानवीय सहायता बुधबार, भदौ १०, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्