मुगु (रारा) – प्रधानमन्त्री केपी शर्मा ओलीले ढुक्क भएर लगानी गर्न स्वदेशी तथा विदेशी उद्योगीहरुलाई आह्वान गरेका छन्। मगुको रारा तालबाट देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लगानीलाई सुरक्षा प्रदान गर्न सरकार सजक रहेको बताए।
‘पहिले जस्तो अव प्रशासनिक र काुननी झन्झट व्यहोर्न पर्दैन।’, उनले भने, ‘अतिरित्त सेवा र कमिसनको विगतको बाध्यताको सामना गर्नुपर्ने छैन्।’
सम्बोधनमा लगानीको सुरक्षा र व्यवस्थापनलाई छरितो बनाउने बताएका प्रधानमन्त्री ओलीले मुलुकमा अव विधिको शासन लागु गर्ने उल्लेख गरे।

‘हामी एक्लै काफी छौँ भन्दैनौ। सबै छिमेकी र अन्तर्राष्ट्रिय समुदायसँग सहयोग लिएर आर्थिक समृद्धिको यात्रामा अघि बढ्छौँ।’, उनले भने।
उनले सरकार भ्रष्टचारविरुद्ध निर्मम तरिकाले प्रस्तुत हुने बताउँदै नेपाललाई सन् २०२२ सम्म विकासशिल राष्ट्रमा स्तरउन्नती गर्ने उद्धेश्य रहेको स्पष्ट पारे।
मनोवैज्ञानक रुपमा कमजोर बनेको राष्ट्र अगाडी बढ्न नसक्ने बताउँदै उनले राष्ट्रिय हितलाई केन्द्रमा राखेर छिमेकी र अन्तर्राष्ट्रिय समुदायसँग हातेमालो गरेर अघि बढ्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।