काठमाडौं- बेल्जियममा कोराना भाइरस (कोभिड १९) का कारण रोकिएको लिग फुटबल यत्तिकै सकाउने क्लबहरुबीच सहमति भएसँगै क्लब ब्रुग्स लिग विजेता बनेको छ।
क्लब ब्रुग्सले दोस्रोमा रहेको जेन्टसँग नै १५ अंकको अग्रता बनाइसकेको थियो। ब्रुग्सका लागि यो लिगको १७औँ उपाधि हो भने गएको पाँच वर्षमा मात्रै यो तेस्रो उपाधि हो। योसँगै आउँदो वर्षको च्याम्पियन्स लिग समूहचरण ब्रुग्सको स्थान पक्का भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।