एजेन्सी- कोरोना भाइरस संक्रमण बढेसँगै भारतमा जारी लकडाउनका कारण नायिका करिना कपुर र अभिनेता सैफ अली खान पनि क्वारेन्टाइनमा बसे। उनीहरुसँगै तैमुर हुने नै भए।
खान परिवारले कोरोना कहरबाट जोगिन अपनाएको हाउस क्वारेन्टाइनको चिनो समेत तयार पारे हातको पेन्टिङ्ग। यी तीनै जनाले सेतो कपडामा हरेक दिन एउटा हातकफ पञ्जाको छाप लगाएका थिए। जब सेतो बेडसिट पुरै रङ्गिबिरङ्गी पञ्जा आकारले भरियो तव आकर्षक पेन्टिङ् झै देखियो।
करिनाले क्वारेन्टाइनको चिनो आफ्नो इन्स्टाग्राम अकाउन्टबाट सार्वजनिक गरेपछि उनका फ्यानहरुले खुब मन पराए। उनले क्याप्सनमा क्वारेन्टाइन २०२० जीवनका लागि अंकित लेखेकी थिइन्। समस्यालाई सहज रुपमा लिन सकिने र क्रियटिभ काममा उपयोग गर्न सकिने भन्दै उनका प्रशंसकहरुले उनको प्रशंसा गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।