• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

सरकारको नीतिमा श्रम : दोहोरिए पुरानै कार्यक्रम

64x64
निर्मला घिमिरे शुक्रबार, जेठ २, २०७७  २२:२९
1140x725

काठमाडौं- आगामी आर्थिक वर्ष (२०७७/०७८) का लागि नीति तथा कार्यक्रममा श्रम क्षेत्रमा सरकारले पुरानै कार्यक्रमलाई  प्राथमिकतामा दिएको छ।  शुक्रबार संसद्‍‍मा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको कार्यक्रममा आन्तरिक रोजगारी सिर्जनालाई प्राथमिकताका साथ राखेको बताइएको छ। विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण ठूलो संख्यामा बेरोजगारी सिर्जना हुने हुँदा सरकारले नीति तथा कार्यक्रममा रोजगारीलाई प्राथमिकताका साथ राखेको जनाएको छ। 

तर सरकारले प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रममा श्रम सम्बन्धी प्रायः पुरानै नीति तथा कार्यक्रमहरु दोहोरिएका छन्। सामाजिक सुरक्षामा अनौपचारिक क्षेत्रका मजदूर वर्ग समेटिने, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई थप उपलब्धिमूलक बनाईने, वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई आन्तरिक रोजगारीमा परिचालन गर्ने तथा रोजगारी व्यवस्था र आर्यआर्जनका कार्यक्रममार्फत कोही भोकै मर्न नपर्ने सरकारका पुरानै प्रतिबद्धता हुन्। यी दोहोरिएका कार्यक्रम हुन्। 

श्रम क्षेत्रका पुराना कार्यक्रमहरु महत्वपूर्ण रहेकाले कतिपय पुरानै कार्यक्रमहरुलाई निरन्तरता दिएको श्रम मन्त्रालयले जनाएको छ।  ‘श्रम बजारमा निरन्तरता दिनुपर्ने कार्यक्रमहरु दोहोरिएका छन्। कतिपय तोकिएको अवधिमा कार्यान्वयनमा आउन नसकेका तर महत्वपूर्ण कार्यक्रमलाई निरन्तरता दिएका छौँ,’ श्रम मन्त्रालयका एक अधिकारीले नेपाल लाइभसँग भने। 

सरकारले नीति ल्याउने तथा कार्यान्वयन गर्न नसक्ने अवस्थाले गर्दा पुरानै नीति तथा कार्यक्रमहरु दोहोरिने अवस्था रहेको विज्ञहरु टिप्पणी गर्छन्। सरकारका नीति तथा कार्यक्रमहरु प्रायजसो दोहोरिरहने तर कार्यान्वयन नहुने अवस्था रहेको वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको न्यायिक अधिकारका लागि लामो समयदेखि काम गर्दै आएका कानुनविद् सोम लुईँटेल बताउँछन्। 

‘सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा विदेशबाट रोजगारी गुमाएर फर्किएका श्रमिकहरुको उद्यमशीलताका लागि सुरुवाती पुँजी उपलब्ध गराउने विषयलाई समेटेको छ। यो राम्रो पक्ष हो। तर अघिल्लो पटक सरकारले वैदेशिक रोजगारबाट फर्किएर उद्यम गर्न चाहनेलाई सहुलियत कर्जा प्रदान गर्ने घोषणा गरेको थियो। त्यो अझै कार्यान्वयन हुन सकेको छैन,’ कानुनविद् लुईँटेलले भने। 

सरकारले कोरोना भाइसका कारण विदेशमा समस्यामा परेका लाखौँ युवाहरुलाई सम्बोधन गर्ने गरी कार्यक्रम ल्याउन नसकेको उनको भनाई छ।दीर्घकालीन रोजगारी सिर्जना, विदेशबाट फर्किएका युवाहरुको सीप प्रमाणीकरण, सीपयुक्त जनशक्तिलाई श्रम बजारमा परिचालन गर्ने तथा कोरोनाको अबस्था सामान्य भएपछि वैदेशिक रोजगारीमा जाने युवाहरुको सीप विकास कार्यक्रमका लागि सरकारले उचित प्याकेज घोषणा गर्न नसकेको लुईँटेल बताउँछन्। 

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा १३ वटा विभिन्न बुँदामा श्रम तथा श्रमिकहरुलाई समेटेको छ। उक्त कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई स्वदेशमा उद्यम सुरु गर्नका लागि सुरुवाति पुँजी उपलब्ध गराइने कार्यक्रम तथा वैदेशिक रोजगारीमा जानेहरुलाई सामाजिक सुरक्षा योजनामा समेटिने लगायत कार्यक्रममात्र नयाँ जस्ता देखिएका छन्। 

हुन त सरकारले यस अघि पनि वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यम गर्न चाहाने युवाहरुलाई देशभित्रै उद्यमशीलता विकासका लागि सहुलियत कर्जा दिने कार्यक्रम घोषणा गरिसकेको छ। तर त्यो कार्यक्रम पूर्ण रुपमा कार्यक्रम कार्यान्वयनमा आउन सकेको छैन। त्यस्तै सरकारले यसअघि घोषणा गरेका थुप्रै नीति तथा कार्यक्रमहरु अलपत्र छन्।

Ncell 2
Ncell 2
nimb
nimb

यस्तो छ आगामी आर्थिक वर्षका लागि श्रम क्षेत्रमा सरकारको नीति तथा कार्यक्रम 
१) दक्ष श्रमिक, कामको सम्मान, स्वरोजगार, उपयुक्त पारिश्रमिक र सामाजिक संरक्षण सहितको श्रम व्यवस्थापन सरकारको प्रमुख श्रम नीति हुनेछ। 

२) पर्याप्त आन्तरिक रोजगारी भई नसकेको अबस्थामा कोभिड १९ को विश्वव्यापी महामारीले स्वदेशको रोजगारी संकुचित हुने र वैदेशिक रोजगारीमा रहेका नेपालीहरु फर्किने सम्भावित परिस्थितिले बेरोजगारको संख्या बढ्ने जोखिम देखिएको छ। बेरोजगारीका सम्भावति पंक्तिलाई व्यवसायीक कृषि, बृहत भौतिक पूर्वाधार, स्थानीय पूर्वाधार, साना तथा मझ्यौला उद्योग सेवा क्षेत्रमा परिचालन गरिनेछ। 

३) सीपयुक्त श्रमिकको अभावलाई सम्बोधन गर्न प्राविधिक शिक्षा तथा सीप विकाससम्बन्धी निकायका कार्यक्रमलाई एकीकृत रुपमा परिचालन गरिनेछ। 

४) नवप्रवर्तनकारी युवा तथा अन्य उद्यमी र वैदेशिक रोजगारबाट फर्किएका उद्यमशील युवाहरुलई उद्यम सुरु गर्न सुरुवाति पुँजी उपलब्ध गराइनेछ। 

५) शिक्षित बेरोजगार युवालाई प्रमाणपत्रको अआधारमा प्रोजेक्टमा आधारित सुरुवाती पुँजी उपलब्ध गराइनेछ। 

६) प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सीपयुक्त जनशक्ति, रोजगारीको क्षेत्र र अन्यकार्यक्रमसँग आबद्ध गरी बेरोजगार लक्षित अभियानको रुपमा कार्यान्वयमा ल्याइनेछ। 

७) श्रम सूचना बैंक स्थापना गरिनेछ। रोजगार सेवा केन्द्रमार्फत रोजगारदाता र रोजगारीको खोजिमा रहेकाबीच सम्पर्क स्थापित गरिनेछ। 

८) सबै प्रकारका श्रम शोषण अन्त्य गरी रोजगारदाता र श्रमिकबीच असल श्रम सम्बन्ध स्थापित गरिनेछ। 

९) सामाजिक सुरक्षा र संरक्षणका कार्यक्रमहरुलाई एकीकृत रुपमा कार्यान्वयनमा ल्याइनेछ। 

१०) अनौपचारिक क्षेत्रका श्रमिक, स्वरोजगार र वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सामाजिक सुरक्षामा समेटिनेछ। 

११) अशक्त तथा श्रम गर्न नसक्ने अबस्थामा पुगेकालाई सामाजिक संरक्षण गरिनेछ। 

१२) रोजगारीको व्यवस्था र आय आर्जका लक्षित कार्यक्रमहरु सञ्चालन गरिनेछ। अब नेपालमा गरिबीका कारणले कोही भोकै पर्दैन, भोकले कोही मर्दैन सरकारको प्रविबद्धा हो। 

१३) विभिन्न कार्यक्रम तथा आयोजनाहरुमार्फत समुदायस्तरमा समुहहरुलाई उपलब्ध गराएको पुँजी रकम र समूहहरुले गरेको बचत रकमको लगत स्थानीय तहबाट अधावधिक गरी सो रकम राजगारी सिर्जना र उत्पादनमूलक कार्यमा परिचालन गरिनेछ। 

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०७७  २२:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
२५ म्यानपावरलाई विभागको पत्र : पाँच वर्षको कारोबारदेखि श्रमिक विवरणसम्म बुझाउनू मलेसिया जाने नेपाली श्रमिक पठाउने प्रक्रियामा सीमित म्यानपावरलाई मुख्य कम्पनी र अन्यलाई सबएजेन्ट बनाइएको विषयमा विवाद भइरहेका बेला व... शुक्रबार, असोज २, २०८३
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
ताजा समाचारसबै
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
जलवायु परिवर्तनलाई राष्ट्रिय सुरक्षाको केन्द्रमा राख्नुपर्छ : गगन थापा शुक्रबार, असोज २, २०८३
राजदूत सिफारिसबाहेक अरु के–के निर्णय गर्‍यो मन्त्रिपरिषद्ले ? शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा शुक्रबार, असोज २, २०८३
एन्फा मुख्यालयमा सीआईबीको छापा, कागजात नियन्त्रणमा शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्