काठमाडौं- सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दै गएको हवाई चाप न्यूनीकरणका लागि काभ्रेमा आन्तरिक विमानस्थल निर्माण गर्ने भएको छ।
यसअघि आर्थिक वर्ष २०७५/०७६ को बजेट मार्फत पनि काभ्रेमा विमानस्थल निर्माण गर्ने विषय सरकारले अघि सारेको थियो। तर, नेपाल नागरिक उड्डयन प्राधिकरणले अध्ययन गरी काभ्रेमा विमानस्थल निर्माण उपयुक्त नभएको भनेपछि सरकार पछाडि हटेको थियो।
सोही विमानस्थल निर्माणको विषयलाई लिएर तत्कालीन पर्यटनमन्त्री स्वर्गीय रवीन्द्र अधिकारी समेत विवादमा परेको थिए। विवाद भएसँगै उक्त कार्यक्रम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरण पछाडि हटेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।