काठमाडौं– सरकारले भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७७/०७८ को सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन्।
सरकारले चालु आवमा नै विमानस्थल सञ्चालन गर्ने भन्दै बजेट विनियोजन गरेको थियो।
कोभिड–१९ का कारण विमानस्थल निर्माण अन्तिम चरणमा आइपुगेपछि अवरोध भएको छ। विमानस्थल निर्माणमा ९२ प्रतिशतभन्दा बढी काम भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।