काठमाडौं- सरकारले तेह्रथुमको चुहानडाँडामा विमानस्थल बनाउने भएको छ। सरकारका नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले तेह्रथुकको चुहानडाँडामा विमानस्थल बनाउने सरकारको नीति रहेको प्रस्तुत गरेकी हुन्।
लामो समय अघिदेखि तेह्रथुमका स्थानीयवासीले चुहानडाँडामा विमानस्थल निर्माण गर्न माग गर्दै आएका थिए।
यसका साथै काभ्रेको उपयुक्त स्थानमा अर्को विमानस्थलसमेत निर्माण गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।
उनले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोरोना भाइरसको संभावित जोखिममा परेकाहरूलाई राख्नका लागि क्वारेन्टाइन गृह निर्माण गरिने समेत बताएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।