काठमाडौं- सरकारले आगामी आर्थिक वर्षमा सबै स्थानीय तहहरूमा घुम्ती तालिम सञ्चालन गर्ने भएको छ। आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्न सरकारले स्थानीय तहमा घुम्ती तालिम सञ्चालन गर्ने कार्यक्रम ल्याएको शुक्रबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले बताइन्।
उद्यम व्यवसाय सुरु गर्न सुरुवाती पुँजी सरकारले दिने
नयाँ उद्यम व्यवसाय सुरु गर्न चाहने तर सुरुवाती पुँजी जुटाउन नसक्नेहरुका लागि सरकारले उद्यमशीलता विकास गर्न सरकारले सहयोग गर्ने भएको छ। राष्ट्रपति भण्डारीले आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नयाँ व्यवसाय सुरु गर्न चाहनेहरुका लागि सरकारले सुरुवाती पुँजीको व्यवस्था गर्ने बताएकी छन्।
सीपमुलक तालिम लिएका, विदेशबाट सीप लिएर फर्किएका र दक्ष जनशक्तिले यस्तो सुविधा पाउनेछन्। दक्ष श्रमिक, कामको सम्मान, उपयुक्त पारिश्रमिक सरकारको श्रम नीति हुने नीति तथा कार्यक्रममा उल्लेख छ। कोभिड- १९ ले नेपालमा धेरै मानिसले रोजगारी गुमाउनुपर्ने स्थिति आउने भएकाले र विदेशबाट फर्किने कामदारलाई व्यवसायिक कृषि, निर्माण र सेवा क्षेत्र, उत्पादनमुलक उद्योगलगायतका क्षेत्रमा प्रयोग गरिनेछ।
सीप विकासका लागि आवश्यकताअनुसार सबै स्थानीय तहमा छोटो अवधिको तालिम सुरु गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।