काठमाडौं– दक्षिण एसियामै नेपाल सभ्यताको मापदण्डमा पहिलो भएको सरकारले दाबी गरेको छ।
संघीय संसदको बैठकमा सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले सभ्यताको स्तरमा एक स्थानमाथि उकास्ने कार्यमा दक्षिण एसियामै नेपाल पहिलो हुने सफलता मिलेको बताइन्।
समाजमा कोही पनि पछि नपरुन् भन्नेमा वर्तमान सरकार संवेदनशील रहेको उनले बताइन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा सहरमा सडक बाल बालिका र मगन्ते नभएको राष्ट्रपतिले बताइन्। संसदमा राष्ट्रपति भण्डारीले भनिन्,‘सडक मगन्तेरहित भएका छन्। शौचालयको उपलब्धता र प्रयोगमा सुधार ल्याइएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।